
कालिकोट । जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका ३ को विद्यालय व्यावस्थापन समितिको अध्यक्ष गठनमा मनोमानित सुरु भएको छ ।
गाउँपालिकाको विद्याज्योती माध्यामिक विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष चयनमा मनोनयन दर्ता गराएका उम्मेदवारलाई खबर नगरि व्यावस्थापन समिति अध्यक्षको दावेदार नवराज देवकोटाले आफ्नो ढंगबाट सनिवार राति ७ वजे कसैलाई खवर नगरि मनोमानित ढंगबाट आफ्नो पक्षमा निर्णय गरि व्यावस्थापन समितिको अध्यक्षमा देवकोटा आफै चयन भएका हुन ।
उनको यो भन्दा पहिला ४ वटा कार्यकाल विति सक्दा पनि कुनै काम विद्यालयमा नभएको स्थानियको भनाई रहेको छ ।
विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा ५ जना मध्य अर्जुन देवकोटा,कृष्णलाल देवकोटा,जनक देवकोटा,नमराज देवकोटा र नवराज देवकोटाको उम्मेद्वारी दिएका थिए ।
विद्यालय व्यावस्थापन समितिको महिला सदस्यमा ३ मध्य मन्दरा देवि देवकोटा,सारदा देवकोटा र हस्तना देवकोटाको उम्मेदवारी दर्ता गरिएको छ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्षमा ५ र महिला सदस्यमा ३ जनाको उम्मेदवारी रहेता पनि उनिहरुले कसैलाई पनि जानकारी नदिएको पाईएको छ ।
सान्नि त्रिवेणी गाउँपालिका ३ मा ३४० भन्दा वढि घरधुरी भए पनि विद्याज्योती माध्यामिक विद्यालयका शिक्षक र विद्यालय नजिकैका घर परिवारलाई बोलाई विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा नवराज देवकोटालाई चयन गरिएको स्थानियको भनाई रहेको छ ।
३ नम्बर वडामा ब्राह्मण र दलित वस्तिहरु रहेका छन । ३५ भन्दा बढि दलित परिवारका घरधुरि भएता पनि एउटा सदस्य सम्म नदिएको दलित परिवारको भनाई रहेको छ ।
विद्यालयमा तालाबन्दी
विद्यालय ब्यवास्थापन समिति गठनको बिषयलाई लगेर स्थानियले विद्यालयमा तालबन्दी गरेका छन्। सान्नी त्रिवेणी गाउँपालिका ३ मा रहेको विद्याज्योती माविमा आफ्नो छोराछोरी पठनपाठन नगरी विद्यालयको व्यवास्थापन समितिमा रहेको भन्दै स्थानियले विद्यालयमा तालावन्दी गरिएका हुन्। शनीवार राती ७ बजे विद्यालय व्यवास्थापन समितिमा गठन गरेको विषयलाई लगेर स्थानियले विरोध जनाएका छन्।
विद्यालयमा अनियमितता गरेको भन्दै अहिले स्थानियले विद्यालयमा ताला लगाएका छन्। । स्थानियले विरोध गरी गाउँपालिकामा निवेदन दिदा पनि पालिकाले ब्यवस्था गरेको बताईएको छ। विद्यालय ब्यवस्थापन समितिमा सबै देवकोटा मात्र भएको भन्दै बिरोध भईरहेको छ ।
विद्यालय व्यवास्थापन समिती गठनको लागि गरीएको लिस्टमा नाम नपरेकालाई व्यवास्थापन समितिको सदस्य पदमा नाम राखेको , स्थानियलाई आफ्नो पक्षमा सपोट गर्न लगाउदै , पैसा दिएको, विद्यालयमा आफ्नो छोरा छोरी नहुदा पनि स्थानियलाई अविभावकको रुपमा रहन पाहिने भन्दै विद्यालय लाई चारवर्ष देखि कब्जा गरेकोले स्थानियले फेरी व्यवास्थापन समिती गठन गनुपर्ने बताएका छन्।



karnalipress
२५ पुष २०७९, सोमबार १६:१०