शुभकालिको वडा नं– ६ बालविवाह निषेधित वडा घोषणा

९ पुष,मान्म। कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं– ६ लाई बालबिबहा निशेधित वडा घोषणा गरीएको छ । २० वर्ष नपुगी कसैले पनि बालविवाहा नर्गने बालविवाहा एक सामाजिक विकृति र कानूनी अपराध भएको भनि स्थानिय र धामि झाक्रिलाई सानै उमेरमा विवाह नगराउने  प्रतिबद्धता गरी बालविवाह निषेधित वडा धोषणा गरीएको हो।

दुई वर्ष देखी बालबिबहा सम्बन्धि बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेर अहिले आयर बालबिबहा ९० प्रतिशतमा झरेकाले बालबिबहा निषेधित वडा घोषण गर्न सफलभएको परीयोजना संयोजक प्रकास शाहीले जानकारी दिए ।

शुभकालिका गाउँपालिका वडा नं– ६ को आयोजना तथा किर्डाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोग र सहजिकरणमा वडा नं– ६ लाई बालबिबहा निशेधित वडा घोषणा गरीएको छ।

कार्यक्रमा वडा नं– ६ अध्यक्ष कर्ण बहादुर खत्री,नेकपा एसका केन्द्रिय सदस्य कुर्मराज शाही,सुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाई,प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, शसत्रबलका रामबहादुर पालि बोगटी, किर्डाक नेपालका कार्यक्रम संयोजक तुलराम पाण्डे, सेभ द चिल्डेनका टिकाराम नेपालि, लगाएतको सहभागिता रहेको थियो। वडाका सबै  टोलवासीले प्लेकार्ड र ब्यानर बोकेर पञ्चेबाजासहित बालबालिका, किशोर,किशोरीले बालविवाह नर्गन र नगराउन अनुरोध गरेका थिए ।