दुर्घटना अप्डेटः घाइते बिष्टको हेलिकप्टर मार्फत उद्धार

ललित बिष्ट कालीकोट मंसिर १३। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडानं.१ निलाखामा मिनिट्रक दुर्घटनामा परी घाइते भएका गाडि साहु नेत्रबहादुर बिष्टलाई थप उपचारको लागि हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत रिर्फर गरीएको छ।

लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा.५ ख.८६४३ नम्बरको मिनिट्रक सोमबार बिहान ७ बजेर ४५मा दुर्घटनामा हुदा नरहरीनाथ गाउँपालिका वडानं.१ का ६५ बर्षिय जयहादुर बिष्टको घटना स्थलमै निधन भएको र सोही गाउँका गाडि साहु नेत्रबहादुर बिष्ट गम्भीर घाईते हुनु भएको थियो ।

गाडि साहु बिष्टको कालीकोट जिल्ला अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत रिर्फर गरीएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याले जानकारी दिनुभयो । सवारी चालक भने अहिलेसम्म फरार रहेको घाइतेका आफन्तले जानकारी दिएका छन् ।अहिले घाईतेको प्रदेश अस्पलातमा उपचार भईरहेको बताईएको छ ।

यो पढ्नुहोस्

मिनिट्रक दुर्घटना एक जनाको मृत्यु ,एक घाइते