
ललित बिष्ट माघ २६ कालिकोट । कालिकोटका अधिकाँस सरकारी कार्यालयका प्रमुखहरु जिल्ला बाहिर छन्। कार्यालय प्रमुखहरु कार्यालयमा नहुदा उपभोक्ताको जम्मै भुक्तानी रोकिएको छ । कृषि विकास कार्यालय,खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट सम्झौता भएका योजनाहरु सम्पन्न भएपनि कार्यालय प्रमुख नहुदा भुक्तानी रोकिएको छ । कोही कार्यालय प्रमुख घर बिदा र कोही आफ्नै कामले जिल्ला बाहिर हुदा उपभोक्ता मारमा परेका छन्।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा १५ दिन देखि कार्यालय भन्दा बाहिर छन्। उनी कार्यालयमा नहुदा भुक्तानी लिन आएका उपोभोक्ता भुक्तानी नलिएरै फर्किन बाध्य छन्। पलाँताका परेक रोकायाले कामसकेर जिल्लामा योजनाको भुक्तानी लिन आउदा कार्यालय प्रमुख नभएर असार मसान्त कुर्नै पर्ने बाध्यता आएको सुनाए ।
उनी जस्तै नरहरीनाथ गाउँपालिकाका मानसिंह बटलाको पनी उस्तै गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालयमा भुक्तानी लिनआउने उपोभोक्ताहरुको लाईन छ। कार्यालयमा अहिले भुक्तानी लिनकोलागी २३ जनाको फाईल रोकिएको पलाँताका मदन रोकायाले बताए ।
उनले भने ‘आफुहरुले ऋण तानेर सामान ढुवानी गरेर काम सम्पन्न गरेका छौं । तर भुक्तानी कहिले पाउने एकिन छैन । जिल्लामा हाल सबै कार्यालयले आफ्नो प्रगतीमा पाँच प्रतिशत मात्र कामभएको छ । बाँकीकामको चाप असार मसान्तमाहुने देखिन्छ । उनले सरकारी कार्यालयको पनी विकासले गती नलगेको बताए । एक त कार्यालयमा कर्मचारी पनि छैनन्। नागरिकलाई सास्ती नै सास्तीमात्र छ ।’
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा नहुदा भुक्तानी रोकिएको पलाँता गाउँपालिका ३ का धनबहादुर बमले बताए । उनले भने ‘योजना सम्झौता गरेर कामपनी सकीयो भुक्तानी लिनआएको तिन दिनभयो कार्यालय प्रमुख नभएकोले भुक्तानी भएको छैन् । जिल्लाको पलाँता गाउँपालिका,सान्नीत्रिवेणी गाउँपालिका, र नरहरीनाथ गाउँपालिकामा कृषि विकास कार्यालयबाट छुटाईएका योजनाहरुको निर्माणकार्य सकीएर भुक्तानी लिन उपभोक्ताहरु दिनकै जिल्लामा आईरहेका छन्।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिका अनुसार कार्यालय प्रमुख र कर्मचारीहरुले आफुलाई जानकारी नदिएर गएको बताए । उनले खानेपानी सिंचाई तथाउर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुखहरुको सुर्खेतमा तिन दिनको गोष्ठि भएकाले गएका र कृषि विकास कार्यालय प्रमुख,बालकराम देवकोटा,पुर्वा धार विकास कार्यालयका प्रमुख र लेखापाल महाकृष्ण पाण्डे,समाजिक विकास कार्यालय प्रमुख शिवशंकर चौलागाईँ लगाएतले आफुलाई जानकारी नगरेको बताए । भौतिक पुर्वाधार विकास कार्यालयका लेखापाल पाण्डे त आर्थिक मसान्तमा पनि केही दिन मात्र बस्ने गरेको उपभोक्ताको गुनासो छ । प्राय जिल्ला बाहिर रहने लेखापाल पाण्डे राजनितिक आडमा मनोमानीमा चल्ने गरेको पनि बुझिन आएको छ ।
जिल्लाको पलाँता गाउँपालिकामा उपभोक्ताले काम सम्पन्न गरी सकेर कामको योजनाको भुक्तानी लिन आउदा कार्यालयमा कर्मचारी नहुदा समस्या भएकोले आफुहरुले भुक्तानीलिन बाट बन्चित रहेको र कार्यालयका अन्य कर्मचारीले असार मसान्तमा भुक्तानी लिनेगरी र्फकिएको बताएका छन्।
उपभोक्ता मदन रोकायाका अनुसार कार्यालय प्रमुख जिल्लामा नभएकाले जिल्लामा विकासे काम ४ प्रतिशत मात्रभएको बताएका छन्। प्रत्यक कार्यालयमा असार मसान्तमा मात्र भुक्तानी दिनुपर्छ भन्ने मान्यता राख्दै हाल भुक्तानीदिन ईङकार गरीरहेको उनले बताएका छन्।
गाउँबाट उपभोक्ताहरुले काम सम्पन्न गरेर भुक्तानी लिन आउदा कार्यालयमा कर्मचारी नहुदा धेरै फाईलहरु रोकीएको छन्। उनकाअनुसार गाउँबाट आएका २६ जना उपभोक्ताहरुको भुक्तानी रोकीएको हो ।



karnalipress
२६ माघ २०७९, बिहीबार १२:४७