पिपलकोट स्वास्थ्य चौकी तोडफोड

श्रावण १९ दैलेख।  जिल्लाको आठबीस नगरपालिका–५ पिपलकोट स्थित स्वास्थ्य चौकी तोडफोड भएको छ । दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटपसहित औषधि लगायतका सामग्री चोरी भएको हाे । सोमवार राती अज्ञात समुहले स्वास्थ्य चौकीको  तीनवटा ढोका,झ्याल फोडेर भित्र पसी  सामग्रीहरु तोडफोड गर्नुका साथै चोरी भएको पाईएके हो ।

स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, डट्पेन चोरी भएको र स्वास्थ्य चौकीको ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तोडफोड भएको वडाध्यक्ष कर्णबहादुर आले मगरले जानमकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा झण्डै ३ लाख बराबरको क्षति भएको पाइएको छ। स्वास्थ्य चौकीमा ३ जना अहेव २ जना अनमी, १ जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत रहेको अहेव जीवनकुमार बस्नेतले जानकारी दिनुभयाे ।