भुमी आयाेग खारेजकाे विराेधमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

श्रावण २८,कालिकोट  सरकारले भुमी सम्बन्धी समस्या समाधान आयाेग खारेज गरेकाे विराेध गर्दै मानव अधिकार एलाईन्स सल्यानले प्रधानमन्त्री सेर बहादुर देउवालाइ ध्यानाकर्षण पत्र पठाकाे छ ।

बुधबार कालिकोटमा क्रियाशिल विभिन्न संघ सस्थाहरुमा आवद्ध मानवअधिकारकर्मीहरुले सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र पठाएकाे हाे।

२०७८ साउन १९ गते मन्त्री परिषद्काे बैठकले आयाेग खारेजी गर्दा नेपालकाे संविधानकाे धारा ३७ अन्तर्गतकाे आवासकाे हक, धारा ४० अन्तर्गत दलितकाे हक र धारा ४२ काे सामाजिक न्यायकाे हककाे सुनिश्चितता हुने विषयलाइ अन्याैलता तर्फ लगेकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

मानपव अधिकार एलायन्स कालिकोटका अध्यक्ष कालिबहादुर मल्लकाे नेतृत्वमा महासंघका अध्यक्ष तथा मानव अधिकार कर्मि भरतराज विष्टले सहायक प्रमुख जिल्ला अधकारिलाई साे निर्णय फिर्ता लिइ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुकाे सम्मान गर्न पत्रमा माग गरिएकाे छ।