अपहरण शैलीमा पार्टी प्रवेश गराइयो,म एमालेमै छुः धर्मराज ताम्राकार

कालिकोट। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका कार्यपालिका सदस्य धर्मराज ताम्राकारले नेकपा माओवादीका कार्यकर्ताले आफूलाई कात्तिक ६ गते अपहरण शैलीमा जर्वजस्ती पार्टी प्रवेश गरेको घोषणा गराएको भन्दै आपत्ती जनाउनु भएको छ ।

अहिले एमाले जिल्ला कार्यालय कालिकोटमा रहेका ताम्राकारले कर्णालीप्रेससँग कुरा गर्दै आफू पहिलेदेखि नै नेकपा एमालेको जिम्मेवार कार्यकर्ता रहेको र अहिले पनि एमालेमै रहेने बताउनु भयो।

‘कात्तिक ६ गते मलाई मुख्यमन्त्री कार्यालयको गाडीमा हालेर जर्वजस्ती सिद्धार्थ होटलमा पुर्‍याइयो । त्यहाँ शक्ति बस्नेत लगायतका सँग भेट हुनुपूर्व नै ऐनबहादुर शाही लगायतले खादा र माला लगाइदिएर पार्टी प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा मेरो चरित्र हत्या भएको बताउनु भयो।

प्रेस नोट