रास्कोटको मुल सडक कालोपत्रेको काम अलपत्र

जेठ २३,कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मुल सडक शान्तीघाट सिपखाना सडक अन्तरगत शान्तीघाट वाट वडिमालिका सम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निमार्ण कम्पन्नीले स्र्काभेटर सहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो ।

तर काम सुरु भएको अर्थात औपचारिक शिलान्यास गरेको ६ महिना पुग्दा सम्म अरु कुनैपनि काम हुन सकेको छैन् । निमार्ण कम्पनीले काम गर्ने भन्दै अग्रीम भुक्तानी (पेश्की) वापत चार करोड ४० लाख भुक्तानी लिसकेको पुर्वाधार बिकास कार्यालय कालिकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले ठेक्का सम्झौता भएको ७ महिना पछि काम सुरु गरेको र त्यस लगतै काम रोकेकाले आफुले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्रारचार गरेर साईडमा आएर काम गर्न भनेको जानकारी दिए ।

निमार्ण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको सात महिना पछि साईडमा आएर काम सुरु गरेको जानकारी दिएको भएपनि लगतै काम रोकेको थियो । ३८ करोड ४९ लाख ५७ हजार ७७६ रुपियाँ १६ पैसा लागत स्टेमेन्टवाट निमार्ण कम्पन्नीले घटेर भ्याटसहित २५ करोड ५५ हजार ५१२ रुपियाँ ४२ पैसा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन् । सडक कालोपत्रेको काम अलपत्र परेपछि रास्कोटका नागरिक चिन्तीत भएका छन् ।

राम्रो सडकमा यात्रा गर्न पाईने खुसि बिस्तारै हराउदै गएको नगरवासिको चिन्ता छ । रास्कोट ६ का देविन्द्र बमले कालोपत्रे गदैछौ भनेर तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको चुनावमा मतमाग्ने मन्त्र मात्र हो भन्ने आशंका हुन थालेको बताए । उनले भने ‘महेन्द्रवहादुर शाही दुई पटक चुनाव लढ्दा रास्कोटका नागरिक संग रास्कोट सडक कालोपत्रे गर्ने सहमती थियो । त्यो सहमती कार्यन्वय हुदैछ भनेर फेरी चुनावको मुखमा भोट माग्ने मनसाय पनि नहोला भन्न सकिदैन् ।’ उसो त निमार्ण कम्पनीका प्रतिनिधि अभिषेक श्रेष्ठले पनि उपप्रमुखले शिलान्यास गरेको मान्य नहुने भन्दै पुन मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई ल्याएर सडक कालोपत्रेको शुभसाईत गरेका थिए ।

दुई पटक किन शुभसाईत पारेको भन्दा निमार्ण कम्पनीले जिल्लामा आउदा उनको मान गरेको प्रतिक्रिया दिएको थियो । तर सडक कालोपत्रेको औपचारिक शिलान्यास ततत्कालिन नगरउपप्रमुख मिम्मसरा बम शाहीले गदै तोकिएको समयमै सडक कालोपत्रेको काम सक्न निमार्ण कम्पनीलाई निर्देशन दिएकि थिन् । चार वर्षको समय रहेको मा निमार्ण कम्पनीले दुईबर्षमा सकाउने बताएको थियो ।
सडक कालोपत्रे गर्नका लागि पहिला सडक चौडा वनाउनु पर्ने छ भने, ढल निकासका लागि नाला पनि वनाउनु पर्ने छ । तर शिलान्यास भएको तीन दिन मात्र काम भएको र त्यसपछि निमार्ण कम्पन्नी केएस शनिदेव जेभि सम्पर्क बिहिन भएको पाईएको छ ।

निमार्ण कम्पनीका प्रतिनिधि अभिषेक श्रेष्ठले कामको शिलान्यास गराएको भएता पनि उनि पेटी ठेकेदार भएको र उनि सम्पर्क बिहिन भएपछि कार्यालयले निमार्ण कम्पनीका मुल प्रतिनिधि देविदत्त भट्टलाई पत्राचार गरेको देखिन्छ । उता ठेकेदार भट्टले मेसिन पठाउने काम गरिरहेको भन्दै वर्षातको समयमा पनि ग्याविन हाल्ने काम हुने बताए । आफुले अरुलाई पेटी ठेक्का दिदा घाटामा परेको भन्दै अव काम सुरु गरेर निधारित समय सम्म काम गरि सक्ने बताएका छन् ।