२५ पुस ,कालीकोट। नेकपा एमालेका केन्द्रीय सदस्य नगेन्द्र शाही नेशनलले नेकपा एमालेको कालिकोटको नेतृत्व नयाँ सर्वसम्मत चयन हुने बताएका छन्। पार्टीको दशौं जिल्ला अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै कालिकोट इन्चार्ज समेत रहेका शाहीले एमाले कालीकोटमा कुनै गुट,उपगुट नरहेकाले नेतृत्व सर्वसहमतिमै आउने बताएका हुन्।
गुट,उपगुट र कुण्ठा बोक्ने केही अराजक तत्व पार्टि बाहिर गईसकेकाले नेकपा एमाले कालीकोटअब एक ढिक्का भएर संचालन भईरहेको दावि गरे।दशौं जिल्ला अधिवेशनमा जिल्ला भरीका एमाले प्रतिनिधिहरुकको सहभागिता रहेको थियो।
karnalipress
२५ पुष २०७८, आईतवार २०:४६