
भाद्र ११, कालिकोट। अछाममा दुई बुहारीहरुले सासूमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडिओ खिच्ने बालकलाई प्रहरीले सममान गरेको छ।
भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका —६ स्थित आफ्नै घरमा बर्ष ५३ कि जैसरा न्यौपानेलाई बुहारीले लछारपछार गरी अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने जैसरा न्यौपानका ११ बर्षिय नाति दिपेन्द्र न्यौपानेलाई कदर स्वरुप
सम्मान गरेको हो।
तत्काल घट्ना नियन्त्रण गर्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरुलाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै जैसरा न्यौपानेका ११ बर्षिय नाति दिपेन्द्र न्यौपानेलाई कदर स्वरुप सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गरेका हुन्।
सम्मानित भएका ११ वर्षीय दीपेन्द्र न्यौपानेकी आमालाई प्रहरीले नियन्त्रणमा लगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी कैलाशसिंह बिष्टले बताए।
उनले खिचेको भिडिओकै कारण पीडकलाई कानुनी कारबाही अघि बढाउन मद्दत मिलेको भन्दै सम्मान गरिएको हो।
प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेका हुन्। कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीय धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
karnalipress
११ भाद्र २०७९, शनिबार ०६:२३