प्रदेश अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण सुरु

सुर्खेत । दैलेख ठाटिकाँध गाउँपालिकाकी रंगा वि.क. दाइने खुट्टाको कम्मर भन्दा मुनिको दुखाइले दुइ बर्ष अघि देखि थला परिन् । उनलाई उपचार गराउन उनका माइती भाइहरुले बाँकेको नेपालगन्ज, काठमाडौँ र भारतको लखनउ पु¥याए तर सन्चो भएन ।

दुइ सन्तानकी आमा रङ्गा वि.क एकल महिला हुन् । जहाँ जादा पनि आफ्नो भाइको साहारामा जाने गरेकी उनलाई आफ्नो बिराम सन्चो होला र दुइ सन्तानको निम्ति केहि गरौँला भन्ने सपना सपनामै सिमित हुन थाले । सुरुका दिनहरुमा अलि अलि हिड्न मिल्ने  खुट्टा विस्तारै खुम्चिन थाल्यो र उनलाई हिडढुल गर्न निकै समस्या भयो ।
उनको घर दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका भए पनि श्रीमान नहुदा अहिले दैलेखकै  ठाटिकाँध गाउँपालिका माइतीमा बस्दै आएकी रङ्गालाई दुइ बर्ष अघि देखि बिरामले थला परेको शरीर फेरी पुरानै अबस्थामा फर्किएला र पहिलेको जस्तो हिडढुल गर्न सकुला भन्ने कल्पनै थिएन ।

सबै ठाउँमा उपचार गराउदा गराउदै थाकेका उनका भाइ तिलक विश्वकर्माले एक पटक अन्तिमका लागि भए पनि नजिकैको कर्णाली प्रदेश अस्पतालमा लिएर देखाउने योजना बनाए । आफ्नो दिदीलाई लागेको बिराम सन्चो होला भन्ने कल्पनै नगरेका उनलाई कर्णाली प्रदेश अस्पतालमा कार्यरत हाड जार्नी तथा नशा रोग विभागका प्रमुख  विशेषज्ञ डाक्टर विकास के.सी.लाई भेटेर सल्लाहा लिए र डाक्टर केसीले पनि अप्रेशनको लागि केहि समय लाग्ने बताए ।
धेरै ठाउँ चेक गराउदा पत्ता नलागेको दिदिको बिराम कर्णाली प्रदेश अस्पतालमा उपचार होला र दिदि पुरानै अबस्थामा हिडडुल गर्न सक्ने होलिन् भन्ने कल्पना नगरेका तिलक र उनकी दिदि रङ्गालाई कर्णाली प्रदेश अस्पतालको हाड जोर्नी विभागले उनको सपनालाई कल्पनामा पणिनत गरिदियो उनिहरु भन्छन् हामिले त भवान भेटायौ उपचारमा खटिने डाक्टर विकास केसीको टिम र अस्पताललाई धेरै धेरै धन्यवाद

‘यो भन्दा अगाडी धेरै ठाउँमा उपचार गराउनु भएको रहेछ कर्णाली प्रदेश अस्पतालमा चेक जाँच गर्दा दाइने हिपको पछाडी पट्टिको जोर्नी खिइदा डाइ सेन्टिमिटर खुट्टा छोटो भएको भेटियो,’ ‘उपचारमा संलग्न डाक्टर प्रकाश श्रेष्ठले भने,’ ‘ अप्रेशन गरेर जोर्नी प्रत्यारोपण गरेको १२ दिन पछि पहिले जुन अबस्था थियो उस्तै अबस्थामा उहाँ फर्किनु भयो खुट्टाको साइज पनि उहि पुरानै अबस्थामा आयो,।’

पहिले हिड्न नसक्ने रङ्गा अहिले आफै हिडेर अस्पतालमा ओहोर दोहोर गरिरहेकी छिन् उनि निकै खुसि देखिन्छन् ।
७ बर्ष अघि पहिरो जादा पहिरोमा पुरिएका कारण जोर्नीमा समस्या भोगिरहेकी कालिकोटकी दिपा महतारालाई त्यहि रोगका कारण मानसिक समस्या भोग्नु प¥यो । घुडा र खुट्टा दुइ सेन्टिमिटर छोटो भयो । महताराको पनि अप्रेशन पछि खुट्टा र घुडा पुरानै अबस्थामा आएको हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीले बताए ।

डाक्टर गिरीका अनुसार यो अप्रेशन उच्च प्रबृद्धियुक्त अप्रेशन भएकाले काठमाण्डौँका सुविधा सम्पन्न अस्पतालहरुमा ५ लाख भन्दा माथि चार्ज लाग्ने भए पनि कर्णाली प्रदेश अस्पतालले २ लाखमा विरामीको उपचार गराइदिएको छ ।
कर्णाली प्रदेश अस्पताल भित्र पहिलो पटक यति ठुलो अप्रेशन भएकाले अप्रेशनमा संलग्न हाड जार्नी तथा नशा रोग विभागका डाक्टर विकाश केसी र उनको टिमलाई अस्पतालको तर्फबाट धन्यवाद दिदै अस्पतालका निर्देशक प्रा.डा. डम्वर ड.खड्काले सबैभन्दा बढि धन्यवाद बिरामीलाई दिनु पर्ने बताए । जसले अस्पताललाई विश्वास गरेर यति ठुलो अप्रेशन गर्ने मौका दिए ।

अहिले कर्णाली प्रदेश अस्पतालमा अतिरिक्त समयमा पनि विरामीहरुको उपचार भैरहेको छ । अतिरिक्त समयमा उपचार गराउने नर्मल विरामीहरु भन्दा अप्रेशनका विरामीहरु बढेको अस्पतालले जनाएको छ ।