एनसिई नेपाल कर्णाली प्रदेशको संयोजकमा पाण्डे

सुर्खेत । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल कर्णाली प्रदेश समन्वय समितिको संयोजकमा कालिकोटका तुलाराम पाण्डे चयन हुननु भएको छ। बिहीवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न प्रथम साधारण सभाले संयोजकमा पाण्डेलाई चयन गरेको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष टिकाराम आचार्य, केन्द्रिय सदस्य दुर्गा गिरीको उपस्थितीमा सम्पन्न भेलाले कर्णाली प्रदेश समन्वय समिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले कर्णाली प्रदेश समन्वय समितिको सह–संयोजकमा सुर्खेतका मधुरानी ढकाल र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा दैलेखका रजनी योगी तथा कालिकोटका राजेन्द्र सहकारी, सुर्खेतका तेज सोनाम र सुर्खेतका भुपेन्द्रप्रसाद कंडेललाई सदस्यमा चयन गरेको छ । भेलाले हाललाई ७ सदस्यीय समिति चयन गरेको एनसिई नेपाल कर्णाली प्रदेश समन्वय समितिका सचिव हिक्मतबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार समिति विस्तार गर्न बाँकी रहेका कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा समिति विस्तार भएपछि थप सदस्य मनोनित गरी सदस्यको संख्या बढाउने निणर्य भएको छ ।

त्यस अघि एनसिई नेपालको आयोजनामा कोभिड महामारीमा विद्यालय पुनः संचालन र सिकाई निरन्तरताको अवस्था र प्रदेश सरकारको तयारी विषयक कर्णाली प्रदेश स्तरिय छलफल आयोजना गरिएको थियो । छलफलमा सहभागिहरुले शिक्षामा लगानी बढाउनुपर्ने, महामारीमा पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुने वातावरण सृजना गराउनुपर्ने बताएका थिए । by-jwalasandesh