कैदीबन्दीलाई सामग्री सहयोग

असार २२,कालिकोट। सान्नीत्रिवेणि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि (महेस)ले कारागारका कैदीबन्दीहरुलाई विभिन्न सामग्री सहयोग गरेका छन् । कारागार परिसरमा आयोजित कार्यक्रमका बीच कैदीबन्दीलाई फलफुल,नुहाउने साबुन,कपडा धुने साबुन र कोलकेट,ब्रस  प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष केसिले मानव सेवानै ठूलो धर्म भएको बताउदै साउनको पहिलो हप्तामा टेलिभिजन सेट,खेलकुदका सामग्री,खाद्य सामग्री,साउण्ड बक्स,लुडासमेत प्रदानगर्ने प्रतिबद्घता गरेका छन् ।

सही ढंगले सदुपयोग हुने गरी कारागारमा बसेका मानिसलाई सुधार गर्ने उद्देश्यले महिला र पुरुषका लागि स्वास्थय सामग्रीर र फफुल सहयोग गरेको उनको भनाई छ। कारागार कार्यालय प्रमुख नरबहादुर सार्कीले जिर्ण कारागारमा क्षमता भन्दा धेरै कैदिबन्दीहरु रहेको बताए ।