करेन्ट लागेर एक युवाको मृत्यु

ललित विष्ट कालिकोट । करेन्ट लागेर कालिकोटमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले जानकारी दिए ।

दैलेख र कालिकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । सुचना अधिकारी थापाका अनुसार मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो ।

प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर विस्तारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।