
कालीकाेट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली सपना अब आफूहरूका सपना भएको बताएका छन् ।
उनले कालीकाेटकाे प्रतिमाचाेकमा घन्टी बजाएर दैलेख फर्किएका छन् ।उनि जिल्लामा पुगे लगत्तै फर्किएका हुन् । उनलाई स्वागत गर्नेकाे भिड समेत थियो ।
सुदूरपश्चिमको भ्रमण सकाएर कर्णाली प्रदेश भ्रमणमा निस्किएका उनले कालीकोटको मान्म पुगेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना ।”
उनी कर्णालीपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ । उनी यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बझाङ, डोटी, बाजुरासम्म पुगेका थिए । बालेन आफैँ यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उमेदवार छन् ।
उनले कालीकाेटकाे प्रतिमाचाेकमा घन्टी बजाएर दैलेख फर्किएका छन् ।उनि जिल्लामा पुगे लगत्तै फर्किएका हुन् । उनलाई स्वागत गर्नेकाे भिड समेत थियो



karnalipress
१६ माघ २०८२, शुक्रबार १६:५६