जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका ९ वस्ने वर्ष २० को बिशाल सार्की सोही ठाउका २० वर्षकै कमल सार्की र तिला ८ बस्ने बर्ष २८ को जीवन रावतलाई पक्राउ गरेको हो ।
गएको ७ गते राती ११ बजेको समयमा तातोपानी गाउँपालिका – १ बाईराका की १८ वर्षीया किशोरी कमला (परिबर्त नाम ) पाल्ताडाँडामा रहेको जग्न्नाथ मन्दिरमा मेला हेर्न गएको अबस्थामा पीडितको मोबाइल खोसेर पीडकले फिर्ता दिने बहानामा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक तथा सुचना अधिकारी नविन थापा मगरले बताए ।
पीडितको मोबाइल खोसी, मोबाइल फिर्ता दिने बहानामा तातोपानी गाउँपालिका – १ बाईराका पाल्ताडाँडामा जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले बताए । प्रहरीले थप अनुसन्धान गरिरहेको थापाले बताए ।
अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थपको उनले बताए । यस्तै प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिकाका एक जनालाई पनि प्रकाउ गरीएको छ । तिला– ६ बस्ने बर्ष ४५ की बोल्न र सुन्न नसक्ने नाम परिवर्तित रेखालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई पक्राउ गरेको हो ।
रेखा भैसीलाई घाँस हाल्न भनि हिँँडिरहेको समयमा तिला ८ बस्ने बर्ष २८ को जीवन रावतले डर त्रास देखाएर यही भदौ ८ गते १७ बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरी प्रहरी कार्यालयमा आएको थियो । रावतलाई जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।
karnalipress
११ भाद्र २०७८, शुक्रबार १७:०१