विद्युत् नहुदा मोबाइल चार्ज गर्न सास्ती

असोज २६,कालिकोट। कालिकोट जिल्लामा मोबाइल चार्ज गर्न समस्या हुने गरेको छ। राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएपछि बत्ती बाल्न र मोबाइल चार्ज गर्न समस्या देखिएको हो।

राष्ट्रिय प्रसारण लाइनको दैलेख र कालिकोट खण्डमा पहिरोले पोलढाल्दा कालिकोट जिल्ला सात दिन देखि अन्धकारमा छ। बुधबार देखि लगातार पानी परेका कारण पहिरोले विद्युत् लाईन मर्मत गर्न समस्या भएको कालिकोट बितरण केन्द्रका प्रमुख बिमप्रसाद साहाले बताए।

निर्वाचन नजिकिँदै गर्दा निर्वाचन कार्यालयको महत्वपूर्ण काम समेत मैन बत्ती बालेर गर्नु परेको छ। पानीले धेरै ठाउँमा पाेल भत्किएकाले मर्मत गर्न एक हप्ता लाग्न सक्ने बितरण केन्द्रले जनाएको छ।