हिउँमा फसेकालइ खाद्यान्न छोडेर फर्कियो हेलिकप्टर

२३ माघ,जुम्ला बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्कविहीन भएका जुम्ला तातोपानी ८ का स्थानीय सकुशल भेटिएका छन्। कर्णाली प्रदेश सरकारले उद्धारका लागि पठाएको हेलिकप्टरले उनीहरुलाई खाद्यान्न सामग्री छोडेर फर्किएको छ। हेलिकप्टर पुग्दा हिउँमा फसेका नागरिकले हात हल्लाएका थिए। आफूहरु सकुशल रहेको तर खाद्यान्न सकिएको संकेत गरिरहेका थिए।

बाक्लो हिमपातका कारण हेलिकप्टर अवतरण गर्न सकेन। तर, उनीहरुलाई आवश्यक पर्ने दुई हजार केजी खानेकुरा छोडेको नेपाली सेनाको हेलिकप्टर फकिएको हो।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले पाटन क्षेत्रमा ५५ जना हिउँमा फसेको भनिएपनि ३४ जना मात्र रहेको बताइन्। जम्मा ३६ जना रहेछन्। दुईजना शनिबारनै धर्मशालासम्म आइपुगेको खबर प्राप्त भएको छ। अब ३४ जना मात्र पाटनमै रहेका छन्। उनले भनिन्,‘हेलिकप्टर पुग्दा २० जनाभन्दा बढी नागरिक एकैसाथ बाहिर देखापरेकोले सबै सुरक्षित छन् भनेर अनुमान लगाउन सकिन्छ।’

जडिबुटी संकलन गर्न गएका पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ। पाटनमा सेतो चिनी (खिरौला) जटिबुटी संकलन कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।