
भाद्र २२ कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छालाई विकास आयोजनाको उद्घाटन गर्न भ्याइनभ्याइ हुने गरेको छ।मंगलबार पलाँता गाउँपालिका अध्यक्ष बमले बिद्यलय,स्वास्थ्य सेवा केन्द्र,स्वास्थ इकाइ,पक्की भवन गरी तीन संस्था र ४ पक्कि भबनकोको एकै दिन उद्घाटन गनुभएको हो।
उद्घाटन कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा, उपाध्यक्ष दाना न्यौपाने,सम्वनय समिति सदस्य अनन्त बि.क राजेस वडानं.२ का अध्यक्ष बिद्दी कामी बिरि, वडानं. ३ अध्यक्ष कर्ण रोकाया, वडानं.४का अध्यक्ष ऐनराज महतारा, वडानं.६ का अध्यक्ष रुप बहादुर रोकाया, शिक्षा शाखा प्रमुख रणप्रसाद भट्ट पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
परेगमाला मा.बि उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले गुणस्तरीय शिक्षा लागू गर्ने र एक वडा एक मा.बि बिद्यलय संन्चालनमा ल्याउने उदेश्यका साथ बिद्यलयको उद्घाटन गरिएको बताउदै,आफुले पढाइ गर्न बाहिर,बहिर जानू परेको बेथा प्रष्ट पार्दै पलाता बासी कलिला युवाहरू एक वडा बाट अर्को वडामा मा.बि स्तरीय बिद्यलयको लागि धाउनु पर्ने ब्यथा एथावत भएकै कारण मा.बि बिद्यलय संन्चालनमा ल्याएको बताउनु भयो ।
उहाँले थप्दै पलातामा क्याम्पस संचालनकालागि भवनको काम लागत स्टामेट अनुसार सुरुगरि काम संन्चालनमा ल्याएको बताउनु भयो । त्यस्तै अहिले पलाँताका सम्पुर्ण वडाहरुमा मा.बिउद्घाटन रहेको बताउनु भयो । त्यस्तै स्वास्थ सेवा केन्द्र गुम्सुमा बोल्दै पलाँताले सिटामोल किन्न मात्र जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यतालाई मध्यनजर गरी एक वडा एक स्वास्थ सेवा केन्द्रको स्थापना गरेको र पलाँताका सम्पुर्ण वडाहरुमा ९ वटा स्वास्थ संस्था एक सरुवा रोग अस्पताल र पलाँता अस्पताल संचालनमा ल्याएको बताउनु भयो । अव पलाँताका नागरिकहरुले स्वास्थ सेवा लिन जिल्लामा पुग्नु पर्ने बाध्यता हटेकोमा पलाँता सरकार बिश्वस्त रहेको उहाँको भनाई छ ।



karnalipress
२२ भाद्र २०७८, मंगलवार २१:५२