
साउन १०,कालिकोट । कालिकोटमा बालविवाहको अवस्था,न्युनिकरण र रोकथामका बिषयमा सरोकारवालाले प्रतिबद्घता गरेका छन् । जिल्लामा वालबिवाहका घटना लुकिछिपि वढिरहेको अवस्थामा त्यसको रोकथामका लागि सरोकारवाला निकायले प्रतिबद्घता गरेका हुन् ।
सेभद चिल्डेन किर्डाक नेपालले जिल्लाका केही स्थानिय तहमा बालविवाह न्युनिकरण,बालअधिकार, वालसरक्षणका साथै बिधालय बाहिर रहेका बालवालिकाको क्षेत्रमा समेत काम गरिरहेको सेभद चिल्डेनका वालअधिकार अधिकृत वाले बिश्वकर्माले बताए । उनले भने ‘किर्डाक संगको समन्वयमा तिलागुफा र शुभकालिका गाउँपालिकामा कार्यक्रम गर्दा बालविवाह घटेको छ बिवाह घटेपनि बिवाह गरेका किसोरकिसोरीले पढाइ भने छोड्दै गएका छन्। आफुहरूले काम गरिरहेको दुईपालिकाको ६ महिनाको तथ्याँकले बालविवाह ३ प्रतिसत गरेको देखिएको छ । बालविवाह हुनुमा अबिभावकहरूको पनि झुकाप रहेको तथ्याँकले देखाएको छ ।’
प्रहरी प्रमुख सिद्धराज न्यौपानेले बालविवाह समाजिक अपराध हो भनेर मोवाईलमा कोरोनाको सचेतीकरणको सन्देश वजे जस्तै रगि टोन वनाउनु पर्ने बताए । उनले भने ‘मोवाईलको उच्च प्रयोग,घर खर्चमा कमि ल्याउन,साथिहरूको प्रभाव,द्वन्द्व भईरहने घरपरिवारका कारणले बालविवाह हुने गरेको छ । सचेतीकरणको अभाव भएका परिवारका बालवालिकाले बिवाह गर्ने गरेको प्रहरी प्रमुख सिद्धराज न्यौपानेले बताए ।’
सादा नेपालले पलानको सहयोगमा रास्कोट नगरपालिका,शान्नित्रिवेणी,र नरहरीनाथ गाउँपालिकामा किर्डाक नेपाल,हुरून्डेक नेपालसंगै काम गरिरहेको छ । कार्यक्रम सयोजक दलसिह कुमालले स्थानिय तह नेटर्वकमाफत बालविवाह न्युनिकरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।
स्थानिय तहमा बालविवाह खासै नरोकियको कार्यक्रका सहभागिले बताए । तीन स्थानिय तहमा १४ सय वालवालिका जोखिममा रहेको तथ्याँकमा देखिएको छ । किर्डाक नेपालले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका सबै सरोकारवालाहरुले बालविवाह न्यूनीकरणमा प्रतिबद्घता जनाएका छन् ।
karnalipress
१० श्रावण २०७९, मंगलवार १०:०५