
जेठ १५,दैलेख : सरकारले दैलेखको आठविस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली कोरिडोरअन्तर्गत राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने बताए।
बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले दुर्गम जिल्लाका स्वास्थ्य कर्मीलाई उत्प्रेरित गर्ने एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालनमा ल्याइने बताए।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।



karnalipress
१५ जेष्ठ २०७९, आईतवार १७:४१