पिलीमा करेन्ट लागेर एकको मुत्यु

फाल्गुन,१२ कालीकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडानं—७ पिलीमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । भेडा चराउन गएका खाडाचक्र—७ पिलि निवासी २८ बर्षिया टक कार्किको करेन्ट लागेर मुत्यु भएको हो ।

कर्णाली राजमार्ग अन्तर्गत कल्यानाखोलामा भेडा चराउन गएका कार्किलाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग हुदै जुम्मा सम्म जोडिएका राष्ट्रिय प्रसारण लाइनको पोल भाचिएर करेन्ट बगिरहेको ठाउँबाट कार्कीलाई करेन्ट लागेको प्रहरीको निरिक्षक महेश शाही भनाई छ ।

आफन्तले क्षतिपुतीको माग गरेका छन । प्रहरीले मुचुलका तयारगरी पोष्टमाटको लागि जिल्लामा पठाएको छ । राष्ट्रिय प्रसारण लाईनको तार ब्यवस्तीत नहुदा बिजुली पोल ढलेर क्षति हुने गरेको छ । कर्णाली राजमार्गमा लाईन जोडिएको तर, सुरक्षीत नभएका कारण यहाँका नागरिकहरु त्रसित हुने गरेका छन् ।