कांग्रेसको चुनाव चिन्ह रुख जनजनमा पुर्याउन मेरो अभियान जारी छ:नेता शाही

भाद्र ३,कालिकोट :नेपाली काँग्रेस जिल्ला सहसचिव प्रदेश (ख) सभापति युवा नेता दमन शाहीले आउदो अधिबेशन बाट सबै नेता कार्यकर्ता शुभचिन्तकको सरसल्लाह र सहयोगमा सबैको भावनाको प्रतिनिधित्व गर्दै सेवामुखी राजनीतिमा योग्य कांग्रेस बनाउने प्रतिबद्धता सहित नेतृत्व लिन आफू तयार रहेको बताउनुभएको छ ।

कर्णाली प्रेस संग कुरा गर्दै नेपाली काँग्रेसको १४औँ महाधिबेशनको चहलपहल बढेको बेला सबै तहमा कांग्रेसका उम्मेदवार बिजयी हुने गरि लागि परेको र समृद्ध कालिकोट बन्ने  सुनिश्चित भएको बताउनुभएकाे हाे।

केन्द्रमा देउवा टिमका नेता पुर्ण खड्का,जीवन शाही,काली सहकारी,हिक्मत बिस्ट लगायत जिल्लाका प्रभाशाली नेता र कांग्रेस भनेर कुरेका तमाम दुखी कार्यकर्ताको साथ सहयोगकाे अपेक्षा अनुसार आफूले नेतृत्व लिने उहाँको भनाइ छ।

कांग्रेसको चुनाव चिन्ह रुख जनजनमा पुर्याउन आफुले जिल्लाबाट अभियान सुरु गरेको र,गाउँमा अभियान जारी रहेको र रुख मा छाप लगाउदै कांग्रेस उम्मेदवार स्थानीय देखि प्रदेश सभा प्रतिनिधि सभामा बिजयी गराउदै कालिकोट को समृद्धि हुने कुराको बिश्वास समेत व्यक्त गर्नु भयोकाे छ ।