कालिकोटका सबै पालिकामा निर्वाचन सामग्रीसहित पुगे मतदान अधिकृत

बैशाख २७,कालिकोट। कालिकोटका ९ वटै पालिकामा निर्वाचन सामग्री र मतदान अधिकृत पुगेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा ५ सय ९५ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत लालकाजि श्रष्ठले बताए ।

जसमध्ये १ सय १९ जना मतदान अधिकृत र १ सय १९ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ९५ जना कर्मचारी खटाइएका छन्। निर्वाचनका लागि कालिकोटमा १ सय १९ मतदान स्थलमा मतादन साम्रगीसहित कर्मचारी पुर्याइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मत पेटिका तथा मतदान कार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ गाउँमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । जिल्लाकामा गरेर जम्मा ८ हजार ४ सय १६ मतदाता छन् ।