स्थानीय तहमा मतदाता नामवली संकलन हुदै

कालीकोट मंसिर १२।  जिल्ला निर्वाचन कार्यालय कालीकोटले जिल्ला सदरमुकामको अलवा स्थानीय तहका केन्द्रमा समेत पुगेर मतदाता नामवली दर्ता गर्ने भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत धनवहादुर मल्लले कालीकोट जिल्लाका नौ स्थानीय तह मध्य आठ स्थानीय तहमा दुई चरणमा मतदाता संकलन हुने वताउनुभयो । उहाँले पहिलो चरण मंसिर १७ गतेवाट २६ गते सम्म तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, र पचालझरना गाउँपालिकामा मतदाता नामवली संकलन हुने छन ।

दोस्रो चरणमा मंसिर २९ गते देखि पौस ९ गते सम्म रास्कोट नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पलाँता गाउँपालिकामा नयाँ मतदाताको नाम संकलन गरिने छ । २०७४ साल यता नागरिकता वनाएकाले संकल नागरिक्ता ल्याएर तोकेको दश दिनमा आ आफ्नो पालिकामा गएर मताधिकार प्रयोग गर्नका लागि मतदातामा आफ्नो नाम दर्ता गराउन निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

खाँडाचक्र नगरपालिकाको हकमा भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गरिने भएको छ । नामवली संकलन अभियान वाहेक अन्य दिनमा भने निर्वाचन आयोगले वन्द नगर्दा सम्म जिल्ला प्रशासन कार्यालयमा मतदाता नामवली संकलन जारी रहने कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ सालको तथ्यांक अनुसार कालीकोटमा ६४ हजार ९६१ मतदाता छ । त्यसमा ३१ हजार ४६४ महिला र ३३ हजार ८१५ जना पुरुष मतदाता छन । त्यस पछि निर्वाच कार्यालयले जिल्ला प्रशासन कार्यालयमा खडा गरेको मतदाता संकलनमा १० हजार ७५२ जना मतदाता थपिएको देखिन्छ । त्यस भन्दा पछिको तथ्यांकलाई हेदा कालीकोटमा ७८ हजार भन्दा वढी मतदाता रहेको जनाएको छ ।