मन्त्रीको वडामैःएमाले विजयी

जेठ ४,कालिकोट। पूर्व कृषिमन्त्री कुर्मराज शाहीको वडामा एमालेका प्रदिपप्रसाद चौलागाईं विजयी भएका छन्।

प्रदिपप्रसाद चौलागाईंले ४ सय ९ मत ल्याउँदै विजयी भएका हुन् । एकीकृत सामाजवादीका उम्मेरदवार रामबहादुर शाहीले ३ सय २ मत पराप्त गरेका छन् ।

यस्तै सदस्यमा बलराम चौलागाईँ,कल्पना शाही,दलित महिला सदस्य बेला सुनार एमालेका र मनसुरे चौलागाईं एकीकृत सामाजवादीका विजयी भएका छन्।

यो वडा पुर्व माननिय सासंद तथा कृषिमन्त्री कुर्मराज शाहीको वडा हो। २०७८ वैशाख ३ मा कुर्मराज शाहीले फ्लोरक्रस गरेर पछि मन्त्री भएका थिए । उनि अहिले नेकपा एसको कालिकोट इन्चार्ज छन् ।

स्थानीय चुनावमा आफ्नै वडामा एमालेले विजयी हासिल गरेको र पार्टीले अपेक्षित नतिजा नल्याएपछि उनी निराश बन्दै फेसबुकमा शाहीले लेखेका छन्, ‘फ्लोरक्रस गर्नु मेरो गल्ती भएको बताएका छन्।