दलहरुबीच एकल बहुमत नपुग्दा गठबन्धन या अन्य पार्टीसंग समन्वय गरेर बहुमत पुरयाउने कसरतमा काँग्रेस एमाले लागेको छन् । दलहरुविच स्थानीय तहको चुनाव सकिएसंगै जिल्ला समन्वय समिति गठनका लागि भागबन्डा कसरी गर्ने भन्ने विषयमा छलफल चलेको नेताहरुले जानकारी दिएका छन् ।
११ स्थानीय तहमा रहेको दैलेखमा २२ प्रमुख र उपप्रमुखमा समन्वय समिति गठन गर्न १२ मत आवश्यक पर्छ । जसमा नेपाली काँग्रेससंग ९ मत, नेकपा एमालेसंग १० मत, नेकपा माओवादी केन्द्रसंग २ मत र एकिकृत समाजवादीसंग १ मत रहेको छ । दैलेखमा समन्वय समिति बहुमत पु¥याउन एमाले र काँग्रेसलाई माओवादी र समाजवादीकै भर पर्नुपर्ने देखिन्छ ।




karnalipress
१३ जेष्ठ २०७९, शुक्रबार १८:४१