
असोज १० कालिकोट,। सानिमा बैंकले प्रदान गर्यो छात्रवृत्तिसानिमा बैंक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई १ लाखको छात्रवृत्ति रकम पर्दान गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी दूई जना छात्रालाई ५०,५० हजारको छात्रवृत्तिका लागि शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो ।
गरिब तथा जेहन्दार खाँडाचक्र नगरपालिका) ७ की सर्जना कार्कि र २ निवासी सुविधा शाहीलाई छात्रवृति प्रदान गरिएको छ । वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्राकार र बैंकका प्रवन्धक मछिन्द्र कुमार भण्डारीले प्रमाण पत्रसहित शैक्षिक साम्ररागी प्रदान गरेका हुन ।
सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाइ प्रत्येक वर्ष एक लाख छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । विगत ९ वर्षदेखि काठमाडौ“ उपत्यका बाहिर रहेका सानिमा बैंकका प्रत्येक शाखाहरुबाट विद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिैक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।
‘स्थानीय तहका विद्यालयबाट आएको आवेदनका अनुसार छात्रावृति दिएका छौं’ उनले भने, ‘यस शैक्षिक सत्रमा कालिका माध्यामिक विद्यालय पिलीका छात्रा सर्जना कार्कि र जनज्वती माध्यामिक विद्यालय भर्तामा अध्यायनरत छात्रा सुविधा शाहीलाई छात्रवृत्ति दिएका छौं ।’
आगामी वर्षहरुमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु चलाउने उनको भनाई थियो । वडा नम्बर १ का अध्यक्ष धर्मराज ताम्राकारले विद्यार्थीको शिक्षा प्राप्त गर्नेका लागि हौसला प्रदान गरेको बताए ।
karnalipress
१० आश्विन २०७९, सोमबार १९:१५