
ललित विष्ट कालिकोट , असोज २३ । पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले कालिकोट प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
माओवादी केन्द्रमा लामो समय काम गरेर २०७४ को स्थानीय तहको चुनावको बेला नेकपा (माओवादी केन्द्र) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बम आफ्नो कार्यकाल पूरागरी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न लागेको हुन्। २०७९ को दोस्रो स्थानीय चुनावको बेला पार्टी भित्र विवाद हुँदा बमले आफू स्वतन्त्र रहेको घोषणा गरेका थिए।
आउने मंसिर ४ गते प्रदेश सभाको चुनावमा उनी कसको समर्थनमा चुनाव लड्न लागिरहेका छन् भन्ने उनले अहिले केही खुलाउन चाहेका छैनन्। स्थानीय सरकार गठनको पहिलो कार्याकालमा बमले निर्माण कार्यदल बनाएर देशभर नै चर्चा पाएका थिए।
आउने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा आफू चुनावमा जाने र कालिकोटको युवा पीडिले आफूलाई जिताउनेमा आफू विश्वस्त रहेको दाबी गरेका छन् । आज पौने तीन बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय,कालिकोट पुगेर उमेद्वारी दर्ता गरेका हुन् । उमेद्वारी दिनका लागि बम आफ्ना समर्थकाबीच नाराबाजी गर्दै कार्यालय पुगेका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाे तर्फबाट सुर्यबहादुर शाहीले प्रदेश सभा (क)बाट उमेद्वारी दर्ता गरेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी कालिकोटका जिल्ला अध्यक्ष विश्वराज बमले पार्टीको तर्फबाट प्रदेश सभा ‘ख’ का लागि उम्मेदवार दर्ता गरेका छन् ।



karnalipress
२३ आश्विन २०७९, आईतवार १६:५१