
श्रावण १७,कालिकोट यहाँ अन्याय र अत्याचार ले सिमा नाघेको छ । स्वाधिनता हराएको छ । बिदेसि हस्तक्षप र बिस्तार बादि नितिले हाम्रो समाजलाई मानसिक र भौतिक रुपमा थिलोथिलो पारेको छ । असारे बालि कार्तिकमा हराएको छ । सुत्दा नेपाली हुँ भन्ने बिउझिदा बिदेसि भएको छ । रनबन चर्न पाएको छैन गोठको गोरुले , नेपाली भुमि हो भनणन पाएको छैन त्यो सुस्ताको गोठालो ले कहिले घरमा बाढि पसालिएको छ त कहिले बाढिमा लिएर नेपाली नागरिकता पाउने मान्छे बगाइएको छ । यो सिमामा बस्ने नागरिकको पीडा हो सिंहदरबार ले सुन्नै पर्छ । यो सितल निवासले महसुस गर्नै पर्छ ।
यो सिमानाको नागरिकको पसिनाले बनेको सिंहदरबार अनि सितल निवास ले पसिना रगतमा परिणत भएको रमिता हेर्दा न यस्को अस्तित्व रहन्छ न यो हुनुको कुनै अौचित्य हुन्छ । यहाँ कयौ सरकार बदलिन्छन कयौ सिंहदरबार भित्रका दबार बदलिन्छन किन बदलिदैन त्यो सुस्ता को पीडा ? त्यो दार्चुलाको युवाले तुइन सँगै नगरिता लिएर नदिमन जाँदा दैनिकि जस्तै लाग्छ त ? भारतीय लाई सन्धि लागू नहुने सम्झौता छत ? सम्झौता गरेर धोका दिदै आएको सासकिय प्रणालि ले फेरि अर्को एम सि सि सम्झौता गर्न किन तम्सिदै छ ? के नेपालमा सुसासन किताबमा मात्र सिमित हुन्छ ? स्वाधीनता को मुद्दा साझा हो भने बिपक्षी जो हुन्छ त्यो समयमा सडकमा त्यहि मात्र किन देखिन्छ ? माईति घरमा जलाएको मसालले सुस्ता उज्यालो हुन्छ ? सरकारमा हुदा किन उठ्दैन आवाज ? किन तातिदैन सडक ? किन बल्दैन मसाल ? किन ताँति लागिन्छ त्यी बिस्तारबादका पैतला सुम्सुमाउने मार्गमा ? यो सिंहदरबार ले सुन्नै पर्छ यो बहस नेतृत्वमा उठ्नै पर्छ । र यो कुरामा अहिलेको युवा पुस्तामा बहस गरेर कार्यनयन को निस्कर्ष निकाल्नै पर्छ ।
म यहि राँका बाल्दैछु र नारा लगाउदै छु भने मैले बुझ्नै पर्ने कुरा बिचौलिया सँग नारा लगाएर प्राप्ति हुने केही हैन र म समय बर्बाद गर्दैछु भनेर बुझ्नै पर्छ । यो देसको सत्ता बिदेसिले नै चलाउने हो र त्यो महसुस हुने हो भने भारत चाहाने भारत र चिन चाँहाने चिन सँग बिलय हौ न एक प्रान्त बन्छ सरकार पनि चलाउन पाईहालिन्छ माननीय , मान्त्रि प्रमुख सबै खान पाई हालिन्छ र भोट हाल्ने जनताले बिस्तारबादको बरबर्ता दलालको रबैया खेप्नु पर्दैन यो भन्दै गर्दा मलाई पनि त आरोप लाग्ला सबैले एक धारणा बनाएर सबै बिसय बस्तुको चिरफार गरौ र सहि र गलत छुट्याएर कार्बाहिको प्रकृया अघाडि बढाउ यो आजको आबस्यकता हो ।
हामिले अब घाईते नेपाली पुलिसका लठ्ठिले हैने भारतिय पालितेका लठ्ठी खाउ यो पुर्खाले खुकुरि बाट आर्ज्यको देश हो एक चोटि पुर्खाको काम गरौन । यता माईति घर मन्डलामा जुलुस लगाउने बिना बर्दिका नेपाली सेना र जुलुस रोक्ने बर्दि सहितका नेपाली सेना सिमामा गएर त्यहि मुद्दामा टिकेर एक चोटि उठेका प्रसनको जवाफ दिउन यदि देस बचाउन नेपाली सेना ससस्त्र प्रहरी बल खडा गरेको हो भने त्यहि सिमा मा भात खुवाउ र नागरिकको जीवन र स्वाधिनताको रक्षा जरौ ।
यहाँ ठुला ठुला खेति योग्य जमिन मासेर युवालाई बर्दि भिराई लास हालेर स्वाधिनताको रक्षा हुदैन सिमामा रहेका नागरिकलाई आर्मि क्याम्पको जग्गामा राखौ र खेतिपातिफसहितको नागरिकको रक्षा गरौ सेना लाई सिमानामा बेलुकाको नेपाल बिहान भारतको हुने जमिन क्याम्पमा परिणत गरेर स्वाधिनताको रक्षा गरौ पार्को स्वंयसेबकको कफन बानेर सडक जाम गर्दै यात्रुलाइ दुख दिने र यातायात ब्यबसायीलाई घाटा लगाउनु भन्दा आ आफ्नो पार्टीको प्रतिनिधित्व गर्दै साझा एजेन्डा र घरेलु हतियार सहित सिमामा मार्च पास गरौ अनि मात्र सबै चिज को प्राप्ति हुनेछ अन्यथा सबै चिज कुर्चि , सत्ता , सरकार पावर र पैसाका लागि मात्र हुनेछ माईतिघरमा मसाल जलाउदा सुस्ताका कुरा उठाएर सुस्ता बासिले सुख पाउनु छैनन अनि गुन पनि मान्ने छैनन हिजो मात्र माहाकालिका ज्यान गुमाउनेको आत्माले शान्ति पाउने छैन पाउने छ त जब यो स्वाधीनता को लडाई त्यो कुदृष्य राख्ने छिमेकि सँग हुनेछ ।
हामी राष्ट्रियता को एजेन्डामा हिजो जनयुद्ध , जनआन्दोलन गर्दा युवा पार्टी , संगठन र ब्याक्तिगत एजेन्डा भन्दा माथि उठेरै सम्भब भएको हो । यो पनि सम्भब छ र सबै एक भएर पार्टीको चुनाब प्रचारका लागि , नेतृत्व को ग्रेट थप्नका लागि भन्दा पनि बास्तबिकता ले स्थान पाउने छ । जय देश जय स्वाधीनता भारतीय बिस्तार वाद – मुर्दाबाद राष्ट्रिय मुद्दामा सम्पूर्ण युवा – एक हौ नेपाली एकता – जिन्दावाद
लेखक-पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम



karnalipress
१७ श्रावण २०७८, आईतवार १९:०२