पलाँताको यात्राले महसुस गरेको “पलाँता”

भाद्र २४,कालिकोट। म पलाँता घुमेको पहिलो पटक भने हैन,पछिल्ला चार बर्ष मा म ५० भन्दा धेरै पटक आएको छु। तर यो पटक को मेरो अनुभव भने फरक किसिम को भयो। मेरो यो यात्रा मा केहि गीत को म्युजिक भिडियोको छायांकन र केहि कार्यक्रम मा सहभागि हुने अबसर जुर्यो फेरि सुटिङ भन्ने बित्तिकै केहि मानसिक गरिबहरुले पलाँतागाउँपालिका का अध्यक्ष लक्ष्मण बम सङ्ग जोडेर कति पैसा दियो होला भन्लान बिलकुलै म पैसा नभई उहा प्रतिको माया र सदभाब अनि पलाता प्रतिको मेरो मायाले मात्र पुगेको हु।

म पलाँता पुगे पछि पहिलो फरक अनुभव भनेको पलाँता गाउपालिकाको शिक्षा क्षेत्र को बिकास र परिवर्तन ले मन छोयो,म पलाता पुगेकै दिन सहिद स्मृति आबासालयको सन्चालन जहा महान जनयुद्धका सहिद परिबार ,घाइते अपाङ्ग परिबार,टुहुरा ,बेसाहारा र बिपन्न परिबारका बालबालिका हरुलाइ आबास सहित निसुल्क अध्यन का लागि पालिकाले ब्यस्था गर्यो मैले पहिले देखि देखेको संरचना भन्दा फरक सरस्वती मा.बि.थिर्पु का दुइटा दुइ तले पक्कि भबन निर्माण भयको देखे पछि यो पालिका अध्यक्षको वडा भयकाले मात्र हो कि भन्ने पनि लाग्यो त्यस पछि हामि वडा नं ४ को छलाहा मा कालिका माबि को उद्घाटन कार्यक्रम मा पुगियो जुन बिधालयमा म पहिलो चोटि पुग्दा एउटा टिनको छानो भयको बिधालय को जहा बालबालिकाहरु चौर मा ढुङ्गा मा बसेर अध्यन गरिरहेको थिय आज दुइ वटा पक्कि भबनमा फर्निचर सहितको ब्यबस्था देखे पछि मलाइ लाग्यो पलाँतामा सरकार छ।

दोस्रो दिन वडा नं ३ को परेकमाला मा.बि.डोरि ओखल्ढुङ्गाको उद्घाटन कार्यक्रम मा पनि सहभागी हुने अबसर जुर्यो अनि मेरो मनको कौतुहलता मेट्न अध्यक्षज्युलाइ सोधे पलाँतामा शैक्षिक अबस्था के हो । अध्यक्ष ज्युको जबाफ पाय पलाँता गाउँपालिका का ९ वटा वडा मा ९ वटा मा.बि. तिन वटा नि.मा.बि गरि जम्मा ३७ वटा बिधालय रहेको र प्रतेक मा.बिमा लाइब्रेरी ,कम्प्युटर ल्याब ,चौकिदार ,खेल शिक्षक र आबश्यकता अनुसारको पद को पुर्ति गरियको छ। साथै बार्सिक ससत्र र निसत्र १५ करोडको हाराहारि मा लगानी गरेको जनाउनु भय पछि साच्चै यति ठुलो लगानिले शिक्षा मा केहि परिबर्तन भयको म पाहुनालाइ समेत महसुस भयो।

स्वास्थ्य क्षेत्रमा पहिलो दिन पलाँता अस्पतालमा घुम्ने अबसर जुर्यो जहा सामन्य बिरामि हुदा सुर्खेत जुम्ला र नेपालगन्ज पुग्न पर्ने अबस्था हटेको भनेर सेवाग्राहीले भाबुक भयर दियको जवाफ र राति ढरज्ञण् बजे सम्म बिरामिको अबस्थाका बारे अस्पताल पुने अध्यक्षको बानिले समेत मेरो मन छोयो ।
तेसै गरि वडा नं ५ र ६ को जनस्वास्थ्य सेवा केन्द्रको पालिकाले नै पक्कि भबन निर्माण गरि सेवा सन्चालन गरेको दिन बुढाबुढि आमा बुबा खुसि हुदै अब सामान्य खोकि लाग्दा नि घर अगाडि नै औसधि पाइने दिनभरि हिनेर सिटामोल लिन पर्ने समस्या हट्यो भनेर सरकार भयको महसुस भयको बताउदा म आफ्नो ठाउ समेत सम्झेर र केहि फरक भेटाय सिंहदरबार गाउमा भयको महसुस समेत मैले गरे।

अहिले पलाताको ९ वटा वडा मा जनस्वास्थ्य सेवा केन्द्र ३,स्वास्थ्य चौकि वडा नं ८ मा सरुवा रोग अस्पताल अनि चिकित्सक सेवा सहितको पन्ध्रसैया को पलाँता अस्पतालको दिइ रहेको सेवाले पलाता मा स्वास्थ्य क्षेत्रको बिकासले समेत फट्को मारेको देखे म पलाता पहिलो पटक पुग्दा मान्म देखि हिनेर दुइ दिन को दिन थिर्पु पुगेको मलाइ भर्खर जस्तो लाग्छ तर आज म वडा नं ३ को राडु सम्म बाइक मा पुगियो भने यो भन्दा अघिको यात्रा मा जुम्ला देखि वडा ६ को उखाडि सम्म गाडि यात्रा गरेको छु ७ र ८ वडा को यात्रा पनि बाइक मा चडेको छु यति मात्र हैर यहि बाटो दुईवटा पालिकाले नै सन्चालन गरेका गाडि मा पनि हिनेको छु यति हैन यो भन्दा अगाडि म पलाता पुग्दा पालिका अध्यक्षले डोजरको खलासिको भुमिका मा रात दिन लागेको समेत मैले देखेको छु।

खानेपानीको चरम अभाव भयको पलाँतामा २३ किलोमिटर टाढा देखि ल्याको थला तल्सेरि खानेपानी योजनाले वडा नं द्द मा खानेपानी समस्या अहिले टरेको देख्दा यहि ठाउमा म पहिलोचोटि २०७४ साल पुग्दा जनताले रित्तो गाग्री सम्मेल्न गरेको झल्झल्को मलाइ आइरहेको छ ।
यहि बिसयमा मैले कुरा गर्दै जादा एक जना ठण्रठछ बर्षको बृद बुबाले भाबुक हुदै भन्नु भयो हिजो हाम्रा दिनमा हामि सबै पुरुस घर खर्च चलाउन भारत पुग्न पर्ने र गाउमा साना काखका बच्चाबच्चि लाइ छोडेर रातभरि पानी भर्न नाउलाहरु कुर्न पर्थ्यो केहि बच्चा त रोयरै स्वर्गीय भयका छन यति हैन यो दुख देखेर कति स्वास्नि अन्तै पोइल गयका घट्ना छन यो स्थानिय सरकार आय पछि ति सबै समस्या टरेको र अब बच्चाले आमाको न्यानो काख मा निदाउन पायका छौ र सरसफाइ समेत हुने कुरा बताउनु भयो ।

पलाँता सरकारले गाउपालिकालाइ एक घर एक धारा को नितिगत निर्णय समेत गरेको अध्यक्षले बताउदा म आफुलाइ बुज्न मन लाग्यो र म जहा पुगे त्यो ठाउ का केहि अभिभावक हरु सङ्ग कुराकहानि पनि गरे सबै बुज्दा वडा ९ मा मिटर सहित को धारा बितरण भै सकेको भेटे वडा नं ८ मा पनि पुरै वडा मा धारा बितरण भै सकेको छ,भने वडा नं ४,छ,टमा ठेक्का भै बिगत दुइ बर्ष देखि काम भैरएको र आरबिटि निर्माण सम्मको काम भैसक्यको बताइ रहदा लाग्यो कि अब खाने पानीको समस्या पनि हट्छ वडा नं १,२ मा यो बर्ष भित्र घरघर धारा जडान भइ धारामा पानी खस्ने बिकास निर्माण दलले बताउदा यति लामोदुरि बाट खानेपानीका लागि स्थानिय सरकारको यो साहसलाइ सलाम गर्न मन लागेर आयो।

त्यस्तै तल्सेरि बाट बोकेको झरोले बिद्यार्थी पडने गरेको पलाँता अहिले बत्तीको स्विच खोलेको देख्दा पलाताका नागरिक अतेन्तै खुसि भएको देखे सरकारले पलाँतामा बिधुत दुर्शिखोला लघु जलविद्युत, दाम्डिखोला लघु जलविद्युत१, दाम्डि खोला लघु जलविद्युत २, भुच्चिखोला लघु जलविद्युत र औलाखोला लघु जलविद्युतले पलाँताका नागरिकको त्यो झरो बाल्ने समस्या समाधान भएको देखे पलाँता मा अहिले ८० प्रतिसत घर मा बत्तिबलेको छ ,भने त्याहाका नागरिकले शिक्षा का लागि बालबालिकालाइ कम्प्युटर शिक्षा मा समेत राहत दियको छ।

पलाँता पनि कृषि का लागि उपयुक्त भुमि हो भन्ने एउटा उदाहरण पलाता सरकार ले दियको छ,भिरालो भुमि सिचाइको अभाब भय पनि अहिले ति समस्या हरु बिस्तारै घट्दै मेरा अनुभले समेत दियको छ ,म पलाता का गाउ गाउ घुम्दा आरु , ओखर , नास्पति अलि माथिल्लो भाग मा पुगे पछि को स्वादिलो स्याउ को स्वाद बारम्बार लिन पाइयको छु यो सबै शेर पालिका ले पाउछ किनकि बर्सेनि एक लाख स्याउका बिरुबा तेसै गरि नास्पति,अङ्गुर ,केरा ,जुनारका बिरुवा बितरण सहित यिनि फलफुल को पकेट क्षेत्र समेत निर्धारण गरेकाले भोलिका लागि यिनि बगैचामा फल्न लागेका फलफुलको बजारीकरणको बिसयमा कृषक ले लियको चिन्ता देख्दा अब कृषि क्षेत्र मा प्रगतिभय को महसुस सहित मन खुसि भयर आयो।

कृषकलाइ सिचाइका लागि फागोटि, दैनिकर,थिर्पु,सल्लिकोट,गोठालि चौर,छहड्ने ,पारैटि ,बेर्सनकोट ,डोरि,रिमा,पुलाहा जस्ता खानेपानी को चरम अभाब हुने ठाँउमा समेत सिचाइको पक्कि नहर निर्माण भै सिचाइका लागि कृषकलाइ राहत भयको सुने यो कान हरुले र देख्दा यि आखा हरुले गर्ने इच्छा सक्तिभय असम्भव कुरा पनि सम्भब हुने रैछ भन्ने एक असल उदाहरण का रुप मा लक्ष्मण बम को नेतृत्व लाइ लिन सकिन्छ।यति मात्र हैन बम को नेतृत्व ले दुइ सय एमएमको पाइप बाट किच खिन सिचाइ आयोजनाको पानी पाच किलोमीटर सम्म आइसकेको र बाकि ४ किलोमिटरको काम भैरहेको आफैले देख्ने अबसर पाय यति लाम नौ किलोमीटर लामो सिचाइ योजना नत सुनेको थिय नत देखेको थिय आज यो योजनाको काम का बारेमा अध्यक्ष सङ्ग सवाल गर्ने अबसर पाय जसको जवाफ मा यो आयोजना पुस मसान्तसम्म पुरा हुने र घरघरको करेसा समेत सिचाइ हुने बताउदा साच्चिकै युबाको उर्जाले म आफैलाइ उर्जा दियो।

यि सबै कुराको समिश्रण गर्ने हो भने पलातामा बिकास भयको छैन भन्ने हरुले केबल राजनैतिक प्रतिसोध बाहेक अरु केहि मेरा नजरले देख्दैन,किन कि म म निरन्तर चार बर्ष देखि यो ठाउ सङ्ग जोडियको छु जब गाउपालिकाका अध्यक्ष लक्ष्मण बम जब गाउ मा भेटघाट मा निस्किनु हुन्छ त तब एक बहाल वाला मन्त्री जस्तै महसुस हुन्छ किनभने हरेक बुढाबुढी सङ्गको भेटघाट हरेक नागरिक का समस्या हरुको तत्काल सम्बोधन गर्ने सैलि ले युबा नेतृत्व र जनता को नेतृत्व गर्ने सक्ने नेता को उदाहरण हो अध्यक्ष बम धेरै ले सिक्न पर्ने एउटा उपन्यास हो अध्यक्ष बम तर नागरिक का लागि आबश्यकता पुर्ति लागि खटियर लाग्दा आफ्नो घर अगाडि को बाटो बनाउदा नि अध्यक्ष को स्वार्थ भनेर बरालिने हरु को कमि भने छैन पलाँतामा ।घर मा पानीको धारा जोड्दा नि अध्यक्षको लागि हो भन्ने अभिव्यक्ति दिने नागरिकको कमि छैन पलाँतामा ।

बिधालय ,अनि स्वास्थ्य सस्था को बिकास गर्दा नि हाम्रा लागि हैन अध्यक्ष ले आफ्नो लागि मात्र बिकास गर्दै छ जस्तो ब्याबहार गर्ने मान्छेको कमि छैन पलाँतामा अन्तमा लक्ष्मण बमले पालिकाको हरेक वडा मा गरेको बिकास आफ्ना लागि हैन सम्बन्धि वडाका नागरिकाका लागि हो र पलाँताको सपना हो भन्ने कुरा मन मा आउदैन तेतिबेला सम्म पलाँताको भौतिक स्वरुप फेरिय पनि मानसिक स्वरुप कहिले फेरिदैन अब मैले यति लेख्दा कति को कमेन्ट आउन सक्छ मलाइ राम्रो सङ्ग थाह छ किनकि मैले जे देखे त्यो लेखे कसैको कमेन्ट यो पनि आउछ होला कि लक्ष्मण बमले कति पैसा दियो र यति लेख्यो यो जति को दरिद्र मनसिकता भयका मान्छे छैनन भन्न सकिन्न। त्यो हिसाब भेट मा गरौला जस्लाइ लिन मन छ हिसाब म दिउला तर मेरो आइडल नेतृत्व नै पलाँता सरकार को नेतृत्व हो ,यो मेरो निजि बिचार मात्र हैन मेरो आखाले सचेत नागरिक का हिसाबले अध्यन गरेको विषय पनि हो।

लेखकःखगेन्द्र न्यौपाने कालीकोट