खुशी र सम्बृद्ध परिवारका लागि पारिवारिक बैठकको महत्व

असोज ३,कालिकोट। के तपाई सफलहुनचाहनुहून्छ ? त्यसोभएपहिलाआफ्नो परिवारको राम्ररी हेरचाह गर्नुहोस् । आफ्नो परिवारलाई मेलमिलापमा राख्नेहरु नै सफलमानिसहरु हुन् । मानिसहरुलाई तिनिहरुको परिवारको आदर्श बाक्य के हो भनेर सोध्दाप्रायःले घर खुशीहुँदा सवै ठीकहुन्छभन्ने गर्छन । परिवारमा मेलमिलाप रह्यो भने सवै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहि समाज र देशको आधार हो जीवनको शुरुवातिबिन्दु पनिहो । त्यसकारण परिवारमिलापमा रहेमा समाजवलियो र देश स्थिर हुन्छ ।
यदि परिवारमा शान्ती छ भने पढाई होस् अथवाकाम जे गर्दा पनित्यसमा रुचीलाग्छ । आनन्दसाथ घरवाट छुटेर काममाजाँदाकुशलतापुर्वक काम गर्न सकिन्छअथवा घरपरिवारसंग ठुलो झगडा गरेर घरवाट रिसाउँदै निस्कँदाकुशलतापुर्वक काम गर्न सकिन्छ?वास्तवमा सहकर्मीहरुसंगको झगडा र परिवारसंगको झगडाको वारेमा अध्ययन गरेका एक जना बेलायतीप्राध्यापकले आफ्नो अनुसन्धानको परिणाम सुनाएकाथिए ।

घरायसीमामिलाको बढिचिन्ता गर्ने मानिसहरु काममाध्यानदिन सक्दैन र त्यसले सहकर्मीहरुमापनिनकारात्मकप्रभावपर्छ, अनि घर फर्कदाखेरी पत्नीसँगको उनीहरुको झगडाले झन खराव रुपमालिन्छ । घरको वातावरणले मानिसमाबिशेष गरी बच्चा र युवाहरुमाठुलो प्रभावपार्छ ।

एक अमेरीकीअनलाईन समाचार श्रोत हफिङटनपोष्टको रिपोर्ट अनुसार हप्तामा ३ पटकआफ्नो परिवारसंग खानाखाने बच्चातथाकिशोरकिशोरीमातौल बुद्धिहुने सम्भावनाको साथै असन्तुलितखानाखाने बानीअथवा अस्वस्थ खानाखाने बानीको सम्भावनाकमहुने गरेको पाईयो ।

अर्को अनुसन्धानले पनिआमाको साँचो स्याहारले बच्चाहरुमाप्रतिरक्षाप्रणालीप्रवलहुने गरेको कुरा देखायो । प्रोटिनको कमीले कमीले संक्रमणश्राव हुने हुँदाप्रबलप्रतिरक्षाप्रणालीका कारण रोग लाग्ने सम्भावनाकमहुन्छ । आफ्ना वुवा र आमालाई हेर्दै हुर्केका बच्चाहरुले आफुमापनिबलियो मानसिक स्थिरता छ भन्ठान्छन् ।

वुवासंग बलियो पारिवारिक सम्वन्धभएकाबच्चाहरु फुर्तिला र तनावलाई सजिलै जित्ने हुन्छन । खुशी परिवारमा बच्चाउपद्रवीहुने सम्भावनान्युनहुन्छ । केही गरि उपद्रव गरिहाले भने पनितिनीहरुले तुरुन्त मन फर्काउछन्, किनभने खुशी परिवारका बच्चाहरुले आफु फर्किनुपर्ने ठाँउ छ भनेर महसुस गर्छन । स्थिर घरेलु वातावरणमा हुर्केका बच्चाहरु शान्तमनले पढाई गर्न सक्छन्, तिनीहरुमासिक्ने क्षमताको पनिविकास हुन्छ । यसरी घर आरामदायक गुंडको रुपमा सञ्चालनहुँदाबच्चाहरुले शारिरीक र आत्मियदुवै रुपमा स्वस्थजीवनपाउन सक्छन् ।

संसारमा सवैभन्दाअमुल्य कुरा के हो भनेर सोध्दाप्रायःमानिसहरुले परिवार हो भन्छन । परिवारको जिम्मेवार भएकाअधिकाँश परिवार प्रमुखहरु भन्छन् कि तिनीहरुले धेरै कमाउनचाहेको चाहिँ परिवारकै लागिहो । तर परिवारकै खुशीकालागिहो भन्दै काममामात्रबढिध्यानदिनेहरु पनिहुन्छन् ।

परिवारको लागि समय छैन पछि सफलताहासिल गरेपछिबल्लआफ्ना बच्चाहरुसंग समय बिताउनेछु भन्नेहरु पनिहुन्छन् । त्यसो भन्ने मानिसहरुले बितेको समयलाई कहिल्यै फर्काउन सकिदैन भन्ने कुरालाई बेवास्ता गरिरहेका छन् । संसारका सर्वाधिकधनीहरुको सुचीमा पर्ने वाल्मार्टका संस्थापक सामवाल्टनले आफुले जीवनब्यर्थमा खेर फालेको कुरा बताएकाछन् ।

तिनी सधै काममाब्यस्तभएकाले परिवारलाई हेर्ने समय थिएन, यहाँसम्म कि तिनलाई तिनकाआधाजतिनातिनातिनाहरुको नाउँसमेत याद छैन । के साँच्चै तिनलाई सफलभन्नमिल्छ त ?

एकै समयमादुई वटा खरायोलाई पर्कनु सजिलो छैन । काम र परिवार पनि यस्तै नै हो । परिवारले पर्खिरहेको छ भन्दै सहकर्मीहरुसंगको जमघटमा सहभागीभइएनभने सहकर्मी दुःखितहुनेछन् । अनिबच्चा बिरामीहुँदैपिच्छे हाकिमलाई छुट्टीमाग्नपनिअप्ठ्यारो कुरा हो । यो नै तीतो यथार्थताहो ।

अरुभन्दा परिवार पहिलाआउछभन्ने कुरालाई नविर्सनुचाहिँमहत्वपुर्ण हो । आफ्नो परिवारलाई समय दिननसकिने, इन्कार गर्न नमिल्ने जटिलअवस्थाआइपरेमा परिवारजनसितमाफीमाग्दै निरन्तर प्रेम ब्यक्त गर्नुपर्छ । यदितपाईको परिवार खुशीछैनभने समाजमातपाईको सफलताको के लाभ रह्यो र ? समाजमा सफलमानिस भएर मनग्गे धनकमाएतापनियदि संगै हाँस्ने र हृदयबिदारक कुराकानीबाँड्रन सकिने परिवार साथमा छैन भन्ने शुन्यलाग्नेछ ।आफ्नो कम्पनीको बृद्धीवा सफलताको निम्ति वरु परिवारलाई त्याग्नु ठीक छ भन्ने सोचाई छ भने त्यो सोचाई परिवर्तन गर्नुहोस् । काममाथकितभएर घर फर्कदा, आफुलाई स्वागत गर्ने परिवार छ भने तपाई खुसी र सफलब्यक्तीहुनुहुन्छ ।

एउटा सर्वेक्षणले कोरियाको कुनै प्राथमिकतातहका ६९४६ जनाबिद्यार्थिहरुलाई खुशीको निम्ति सवैभन्दाआवश्यक पर्ने कुरा के हो भनेर सोध्दातिनीहरुमध्ये ४३६५ ले मिलापी परिवारलाई छाने । परिवारमा मेलमिलाप छ भने खुशीआफै आउछ । घर मिलापीहुँदा सवै कुरा ठीकहुन्छभन्ने भनाईको अर्थलाई मननगर्दै हामीहरु आफ्नो परिवारलाई अझ प्रेम र खुशीदिऔ । तवहाम्रा सम्पुर्ण चाहनाहरु पुरा हुनेछन् ।

खुशी परिवार र समृद्ध परिवार बनाउनकालागिपारिवारिक बैठक महत्वपुर्ण हो । यदिपारिवारिक बैठक भयो भने सुखी र शान्त परिवारको रुपमाबिकास हुदै जान्छ । हरेक औपचारिक संस्था, कार्यालयहरुमा बैठक वस्ने चलनलामो नै भैसक्यो, जुन वैठकवाट संस्थातथाकार्यालयका सामुहिकनिर्णय गर्ने र सवै सदस्यहरुमा जोस र जागर सहितभावी योजनाबनाउने चलन छ र सोहीअनुसार प्रगतिहरु पनि भैरहेका हुन्छन् संगठन संचालनको निम्ती बैठक स्वभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाजनिर्माण गर्ने एउटा संगठनहो , जसमा समझदारी र सहमतीको निम्ति बैठक आवश्यकहुन्छ ।

तपाई हामी कसैले पारिवारिक बैठक गर्ने गर्नुभएको छ ?भनेर सोध्यो भने एक अर्कासितमुश्किलले भेट हुन्छ । मेरा बच्चाहरु अझै सानो छ, घर वैठकमा खै के कुरा गर्ने र ?उनीहरुले मैले भनेको सुने भईहाल्यो नि, बैठक किनचाहियो र ? यसरी प्राय ः मानिसहरु पारिवारिक बैठक तथा भेलाआवश्यक नरहेको कुरा बताउने गर्दछन् । ब्यस्तऔधोगित, कामको दैनिकचटारो, जागिर, ब्यवसायलगायतकाथुप्रै ब्यस्थताको कारण देखाएर घर बैठक कहिल्यै बस्ने गरिएको पाईदैन ।

घरपरिवारका सदस्यहरुको दैनिकब्यस्तहुने कारणबुवाबाहिरको काममा, आमा घरायसीकाममा, छोराछोरीहरु बिद्यालयको अध्ययनमाब्यस्त रहने गर्छन, यसकारणप्राय ः जसो परिवारमा धेरै सदस्यहरु नभएतापनिपारिवारिक बैठक भेलागाह्रो हुन्छ । बैठक भईहाल्यो भने पनिबताउने कुरा खासै नभएकोले कोही बैठकको बिचैमा उठेर जाने गर्दछन् ।

पारिवारिक बैठकचाहीँ परिवारभित्रउब्जेकाठुला साना समस्याहरुलाई हल गर्ने पहिलो कदममात्रहोईनकि परिवारजनबिच मेलमिलाप र नजिकको सम्वन्धबनाउने संचार माध्यामपनिहो । यदितपाइले अझैसम्म गरिहेर्नुभएको छैन भने अवदेखी नै भएपनि गरिहेर्नुहोस् । शूरुमाअलिअनौठो लाग्न सक्ला, तर पछिबिस्तारै तपाईले र तपाईको परिवारले अर्को बैठक कहिले हुने होलाभनेर पर्खन थाल्नुहुनेछ ।

पारिवारिक बैठक गर्नुको राम्रो पक्ष,

जुनसुकै परिवारमा पनिब्यक्तीगतबिचारहरुलाई आपसमाबाँडेर वार्तालाप गर्न सकिन्छ । यो कुरालाई मध्येनजर गर्ने हो भने परिवारिक भेलाचाहीइमान्दार भएर हृदयखोल्ने एकदमै राम्रो अवसर हो । प्रत्येक सदस्यको सोचाई र महशुस जान्न सकिने भएकाले सदएहरुबीचको आपसी सम्वन्धमजवुतबनाउन सकिन्छ । यसका साथै सदस्यहरुले एक अर्काको सोचाई र रुचीको ख्याल राखेको कुरालाई बिश्वास गरेर आफ्नो उपस्थितिलाई अझमहत्वपुर्ण ठान्नपुग्नेछन्

पारिवारिक भेलामावुवाआमाले एकतर्फी निर्णय लिने गर्नुभएको कुरा उठ्यो भने कुराकानीको सिमाबढ्ने गर्छ । एकसाथनियमबनाउने र समस्याहरु समाधान गर्ने गर्यो भने सवै जनाएउटै डुड्डामायात्रा गरिरहेका छन् भन्ने महशुस हुनेछ । यसो गर्दाखरि परिवारका सदस्यहरु बिच टिमवर्क हुनुको साथै घरमा कलह, झगडावाद्धन्द्धपनिकमहुने गर्दछ ।

पारिवारिक बैठकनियमितबन्यो भने छोराछोरीहरुले पनिआफ्ना बिचारहरु अभिब्यक्त गर्ने मौका पाउनेछन् भने बालबालिकाहरुको घरवाट अर्थपुर्ण सहभागीता सुनिश्चितहुनेछ । त्यसो हुँदाबिद्रोहलाई कमगदै उनीहरुले कुनचाहिउपयुक्त कारणवामागहोइनभन्ने जानेर एकोहोरो ढिपीलगाउने छै्रनन् । यसो गर्दै उनीहरुले अन्यब्यक्तीको बिचारलाई सुनेर बुझिदिनसिक्नेछन, अनिउनीहरुमातर्कसंगतबोलीबोल्ने र बिचार ब्यवस्थित गर्ने बानीको बिकास हुन्छ ।

पारिवारिक बैठकद्धारा वुवाआमाछोराछोीहरुलाई अझप्रभावकारी ढंगले हुर्काउन सक्नेछन् र बालबालिकाबिरुद्ध परम्परादेखीहुदै आएकाहिँसा, गालिगलौज, कुटपिटन्युनीकरणहुदै जानेछन् । छोराछोरीहरुको अनुरोधलाई नकार्नुको सट्टा यसवारे पारिवारिक बैठकमा कुरा गर्दा कसो होला?अर्को बैठकको बिषय राम्रो हुने भयो भनेर भन्न सक्नुहुन्छ । वुवाआमाले छोरा छोरीहरुको अनुरोधलाई पारिवारिक बैठकको बिषयबनाउदाअनावश्यकबिवादहुनपाउदैन र अर्को पारिवारिक वैठकसम्म समस्याहरुलठुलो रुप लिन सक्दैन ।

नियमित रुपमापारिवारिक भेला गर्ने एक जना गृहिणीले छोरा छोरीहरु प्रतिगनगनगर्दा गर्दा थकितभएर आफु उनीहरुवाटटाढिदै गएको जस्तो लागेको अवस्थामापारिवारिक बैठकभयो भने समस्या समाधानहुने गर्दछ । पारिवारिक बैठकले घरपरिवारका सवै सदस्यहरुमामायाममताबढ्ने र घरपरिवारको लक्ष्य पुरा हुने मार्गमा जाने हुन्छ ।

पारिवारिक बैठकगर्दा कस्तो कुरा गर्नुपर्छ,

पारिवारिक बैठक शुरु गर्नुअघि परिवारजनको राम्रो पक्षवा सुधार हुदैगएको पक्षलाई लिएर प्रशंसा गरिदिने अथवाआफु भाग्यमानीभएको कुरा आपसमाबाडुनुपर्दछ ।यसो गर्नाले तपाईले परिवारको मनोबल बढाउन सक्नुका साथै उज्यालो र मैत्रीपुर्ण माहोल बनाउन सक्नुहुन्छ ।

पारिवारिक बैठकको शिर्षकचाही सवै सदस्यहरुले साझा गर्न सक्ने, जुनसुकै बिषयमा राख्दापनिहुन्छ । फोहोर संकलन, घरसरसफाई, खेतिपातिको काम जस्ता घरायसीकामहरु बिभाजन, परिवारजनलाई असुबिधाभएको पक्षअथवा सुधार गर्नुपर्ने पक्षसम्वन्धि केहीनियमबनाउने कुरा गर्नुभएपनिहुन्छ । परिवारको आर्थिक अवस्थाअथवाजन्मदिन, राष्ट्रियबिदा, बिद्यालय परिक्षा, बिद्यालयनियमितता जस्ता आगामीकार्यक्रमवारे छलफल गर्नुभएपनिहुन्छ ।

यसका साथै कुनै मेन्यु बनाउनलाई सवैको रायहरु संकलनगर्दा पनिहुन्छ । पारिवारिक वैठक वस्दा सवैले सजिलै पहुँचहुन सक्ने ठाँउमाछलफलको बिषयलाई टाँसेर राखिदिनुभयो र बैठकअघि परिवारजनलाई यसवारे सोच्न समय दिनुभयो भने बैठकलेअझ सक्रिय रुपलिनेछ ।

निर्णय गरिएको कुरा सवैले याद गर्न सक्ने गरेर एक ठाँउमाटाँसेर राखिदिनु पर्दछ ।यदिपारिवारिक बैठकचाहिँ कसैलाई मुल्याँकन गर्ने समय बनयो भने गम्भिर बिवादहुन सक्छ । त्यसैले सदस्यको गल्तीलाई औल्याउने अथवाआलोचना गर्ने कुरा गर्नुहुदैन । यदितपाई कुनै बच्चालाई अनुशासनसिकाउनचाहनुहुन्छभने बैठकमाहोइनकि अरु ब्यक्तीगत रुपमाउसित कुरा गर्नुभएहुन्छ ।
पारिवारिक बैठक गम्भीर हुनहुदैन ।

तपाई बिभिन्नचीजको वारेमा कुरा गर्न सक्नुहुन्छ,

 एक आपसमामाफीमाग्ने कुरा, पुस्तकमापढेको कुनै असलबाक्य,साथीवाट सुनेको रमाईलाकहानी, आफुमा घटेको कुनै घटना, जीवन सम्वन्धिबुद्धी समाविष्टअसलकहानी र शिक्षा, समाजका केहीमामिला र आफुले कहिकतैवाटसिकेका वाभोगेका नयाँनयाँ कुराको जानकारी गर्ने गर्नुपर्दछ ।

कहिलेकाहीतपाईले कुनै बिशेष तयारी गर्न पनि सक्नुहुन्छ,

जस्ते कविताबाचन गर्ने, कुनै पुराना तस्वीरद्धारा पुरानो स्मृतिलाई याद गर्ने, घरपरिवारका सवै सदस्यहरु संगै खेल खेल्ने, एकअर्कालाई पत्र लेखेर सुनाउने, अथवा सानो तर अर्थपुर्ण उपहार आदानप्रदान गर्ने, संगै गाउने नाच्ने, मिठो भोजन सयुक्त बसेर खाने आदि गर्न सकिन्छ । यदितपाईले यसरी भावनात्मकबन्धनबाध्नुभयो भने परिवारजनले एक अर्कालाई औधी प्रेम गर्न पुग्नेछन् र सुखी परिवार सम्बृद्ध परिवारको सुनौलो बाटो खूल्नेछ ।

पारिवारिका बैठक यसरी गर्न सकिन्छः पारिवारिक बैठकको बिषयमा सोच्दा धेरै मानिसहरुले त्यसलाई बोझको रुपमालिने गर्दछन् । परिवार सबै एकसाथ भेलाभएर कुराकानी गर्ने हो भनेर सोच्दै आरामले गर्दा हुन्छ । बैठकको निम्तीत्यस्तो ठोस प्रक्रियानभएपनिप्राय ः बैठक शुरु भएको कुरा बताएर, शिर्षकको सुझावदिएर त्यससम्वन्धिछलफल गर्ने कार्यसंगै बैठक समाप्त गर्नुभएहुन्छ । थप्न मन लागेको बिषयहरु थप्न सकिनेछ ।

प्रक्रियाहरु एकदमै जटिलभयो भने बैठक बोझब न्न पुग्न तर माहोलअनुसार भेलालचकदार बन्यो भने उचितहुनेछ । प्रभावकारी पारिवारिक बैठक गर्दा निम्नअनुसार कार्य गर्नुपर्ने हुन्छ ।

१)पारिवारिक बैठकमासवै सदस्यहरु सहभागीहुने गर्नुपर्दछ,

 पारिवारिक बैठकचाहीँ सवै सदस्यहरुलाई पायक पर्ने समयमा गरेमा पुरै परिवारको लागि राम्रो हुन्छ । यदिजुवाई अथवावुहारी वा सासुससुरा पनि संगै बस्ने ब्यक्तीहो भने उहाँहरुलाई पनि सहभागी गराउनुपर्छ ।

सानो शिशु वाबालबालिका छ भने ऊ सुतिसकेपछिको समयमा भेलागर्दा हुन्छ । यदिकुनै सदस्यलाई बैठकमा सहभागीहुन मन पर्दैैन भने बैठक हुनुको राम्रो पक्ष र त्यसको परिणामको बिषयमाबर्णन गरिदिएर उहाँलार्य अर्को बैठकमा सहभागीहुने गराउनुपर्छ ।

२) नियमित रुपमा बैठक,

 आवश्यकपर्दा मात्र बैठक गर्ने होइनकिनिश्चितमितितोकेर नियमित रुपमा बैठक गर्नु उचितहुन्छ । हप्ताको एक चोटी बैठक गर्नु उचितहुन्छ, तर यदि कारणवस तोकिएको समयमा गर्न सकिएनभने तोकिएको दिनभन्दा एक दिनअघिवापछि गर्न सकिन्छ । पारिवारिक बैठकलार्य अन्यप्रतिज्ञासरह महत्वपुर्ण ठान्नुपर्छ, अनि बैठकमादखलपार्ने कुनै काम गर्नुहुदैन । टिभीखोलिएको छ भने बन्द गर्ने, फोन गर्नुपर्ने छ भने फोनमाछोटो कुरा गर्ने अथवा स्थगित गर्ने गर्नुपर्दछ ।

३) पारिवारिक बैठक संचालनमाकार्य बिभाजन गर्ने,

 बैठकको नेतृत्व गर्ने सभापति र बैठकको अभिलेख राख्ने सचिवनियुक्त गर्नुहोुस्, एक जनाले नै हरेक पल्ट गर्नुभन्दापालैपालो गर्दा हुन्छ । पहिलो पटक बैठक गर्न लागेको हो भने अथवाबच्चाहरु सानाछन् भने वुवाआमाले नै बैठकको अध्यक्षतागर्दा उचितहुन्छ तर माध्यामिकतहमापढ्ने वा सोभन्दामाथिकाबालबालिकाछन् भने उनीहरुलाई बैठक डोर्याउनलगाउनउचितहुन्छ ।

४) आपसमाआदरसुचकबोलीबोल्ने,

 पारिवारिक बैठकको समायमाआदरसुचकबोलीप्रयोग गर्दा उचितहुन्छ । आदरसुचकबोलीबोल्दाखेरी सून्ने ब्यक्तीप्रतिआदरको भावलिनपुगिने हुँदाआफु स्वतः सचेत हुनपुगिन्छ । परिवारका सदस्यहरुले केही गरिदिउनभन्ने चाहँदा … गरिदिनु भए राम्रो हुने थियो भन्दै मुड खराव नहुने गरि सल्लाह र आशापुर्ण बोलीबोल्नुपर्छ ।

५) सवैलाई बोल्ने मौका दिने,

पारिवारिक बैठकमाप्राय  वुवाआमावाबयस्कले धेरै बोल्ने गर्नुहुन्छ, अनिछोराछोरीहरुलृ भन्दाबढिएकाधिकार चलाउने गर्नुहुन्छ । पहिलाबचहरुलाई नै बोल्न दिएर उनीहरुको बिचार सुनेपछिवुवाआमावाबयस्कहरुले बोल्दाउचितहुन्छ । हिचकिचाउने छोराछोरीहरुको अवस्थामाचाहिँउनीहरु तयार छन् भने उनीहरुलाई बोल्न हा्रैसलादिनुपर्छ । सवैलाई बोल्ने मौका मिल्ने गरि बैठकको अध्यक्षले बिचारशीलहुनपर्छ ।

६) सवैम्मतनिर्णय लिने,

बहुमतको कदरचाहीँप्रजातन्त्रको सिद्धान्तहो, तर पारिवारिक बैठकमा सवै जनाको सहमतिमानिर्णय लिदाउचितहुन्छ । किनकि फरक सोचाई लिएको सदस्यलार्य आफु एकलै पारिएजस्तो लाग्न सक्छ । यदि सवै जनानिर्णयमा सहमतभएननभने अर्को उपाय सोच्ने समय लिनकानिम्तीत्यसलाई अर्को बैठकसम्म रोकेर राख्नुपर्छ । त्यसो गर्दा पनिभएनभने वुवाआमाले नै अन्तिमनिर्णय लिएर छोराछोरीहरुलाई सम्झाउनु पर्छ ।

७निर्णय गरिएको कुरालाई जसरी पनिकार्यन्वयन गर्ने,

कुनै कुराको निर्णय लिएको छ भने त्यसलाई कार्यन्वयन गरे नगरेको निश्चित गरेर, नगरेको अवस्थाको निम्तीकुनै सजायतोक्न सकिन्छ । सजायचाहीँअन्य सदस्यको हितहुनृ किसीमले हुनुपर्छ । यसो गर्यो भने सजायपाउने ब्यक्तीलार्य खुसीमिल्न सक्छ । वुवाआमाले प्रतिज्ञा पुरा गरेर उदाहरणदेखाईदिएमाछोराछोरीहरुले त्यो उदाहरणलाई पछ्याउने छन् । वुवाअमाले कुनै प्रतिज्ञा गरेर पुरा नगर्दा छोरा छोरीहरुले वुवाआमाको कुरालाई हलुकाठान्नपूग्नेछन् ।

८) ध्यानदिनुपर्ने कुराहरु,

आफ्नो बिचारमा मात्रै जिद्धीनगर्ने, अर्को ब्यक्तीबोलिरहेको छ भने बीचमानवोल्ने वाउसको आलोचनानगर्ने, धेरै योजनानवनाउने, धेरै दवावनदिने, बैठक धेरै लामो समयसम्मनगर्ने ( एक घण्टावा सो भन्दाकमगर्दा उचितहुन्छ ), सवै सदस्यहरु एक साथ भेलाहुँदा मेलमिलापकायम गर्न सकिने भएकाले पािरवारिक बैठक अर्थपुर्ण छ ।

यसकारण भेला घरमै गर्नुपर्छ भन्ने छैन एकसाथकुनै परिकार खाँदैगर्दा वाबनभोज जाँदैगर्दा पनि भेला गर्न सकिन्छ । त्यसको अतिरिक्तलामो यात्राजादैगर्दा पनि बैठक गर्न सकिन्छ । बैठक समाप्तभएपछितालीबजाउने वा एक अर्कालाई अंगालो हाल्ने गर्नुहोस् त्यसो गर्दाखेरी परिवारजनलार्य केहीउपलब्धीहासिकभएको महशुषहुनेछ।

त्यसैले सुखी र सम्वृद्ध घरपरिवार हुनभनेको सुखी र समृद्ध समाज र राष्टहुनु हो यसकालागि घरपरिवारवाटयसको शुरुवात गरौ र हिँसासहितको घरपरिवारवाटबालबालिकामुक्तीहुने, घरलु हिँसाबन्दहुने, घरपरिवार मेलमिलापको बाटोमा जानुका साथै परिवारले देखेका सपना पुरा हुने मार्गमा जाने निश्चित छ त्यसकारणपनि साप्ताहिक रुपमाभएपनि घरपरिवारलाई समय मिलाऔ, घर परिवारका सदस्यहरुका कुरा सुनौ र सिकाई आदानप्रदान गरौ ,

बाले बिश्वकर्माः  बालअधिकारकर्मी