मृत्यु जितेको त्यो पल

अल्किना बम (वविता)
कालीकोट । कहिले काँही आफनै जिवनका कहाली लाग्दा क्षणहरुले पनि मनलाई निक्कै उद्येलित बनाउँछन्। मन तलतल हुन्छ कर्कलाको पातमा अडिएको पानी जस्तै हुन्छ । बर्षायामा आएको बाढीको बहाव जस्तै हुन्छ। हुनत मन यस्तो चिज हो जो आफुले सम्हालीदा मात्रै सम्हालिन्छ र सम्झिन्छ। यतिबेला बिगतलाई साची राखेर सम्हालिनु र सम्झीनुको दोभानमा उभिरहेकिछु। परस्थितिले निक्कै पर पुयाई सकेको छ। सोच्छु उमेरले पनि निक्कै जिम्मेबार ठाउँमा पुर्याइ सकेको छ।

बिगत सम्झेर घोत्लीनु न्यायसंगत हो या होइन यो तपाई जिम्मेबार पाठककै जिम्मा दिनहरु यस्ता थिए गन्न र भन्न नसकिने अबस्थामा पुगेको छु। बेलाबेला सम्झिदा मात्र झसङ्ग हुन्छु बस यहि हो । उबेला पार्टीले मेरो कार्यक्षेत्र बझाङ जिल्ला पारेको थियो । कालीकोटबाट बझाङ पुगेपछि माओबादी तर्फबाट एक तर्फिय युद्ध बिराम भयो । माओबादीले यो कुरा प्रस्ट पारिसकेको थियो की हामी युद्ध हैन शान्ती चाहान्छौं। आउ शान्तीका लागि के के त्याग्नुपर्छ सबै त्यागौँ भनेर एकतर्फ युद्ध बिरामको घोषण गरिसकेको थियो ।

पार्टी कामकै शिलशिलामा बझाङको झोता भन्ने ठाउमा हामी पुगेका थियौँ दिनरात नभनि कालीकोटबाट टिमको नेतृत्व गर्दै तीन महिने अभियान सफल पार्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराखि जिम्मेवारी पूरा गर्ने अठोटका साथ कार्यक्षेत्रमा उपस्थित भैसकेका थियौँ । जिवन पार्टीको लागि सर्मपित छ। त्यही सर्मपण भावका साथ बझाङको झोता पुगियो। झोता पुगिसकेपछि केहि योजना र कामका बिषयमा छलफल गर्नपर्ने भयो। जिल्लाका साथिहरु पनि अभियानमा जानू भएको थियो। अखिल नेपाल महिला संघ क्रान्तिकारी महिला संगठनको मागपत्र र बिधार्थि संगठनको मागपत्र लिएर पार्टीले बझाङ जिल्ला प्रशासनमा बुझाउने आदेश दियो ।

मृत्युको लाइसेन्स गोजिमा राखि योजना फत्ते बनाउनुको बिकल्प थिएन । तयारी पुरा भयो मृत्यु र मुक्तिको कसम खाएका हामी जीवन बलिदान दिन पनि पछि पर्ने कुनै अबस्था थिएन । सम्झन्छु बिहानको करिब सात बजेको हुदो हो । बझाङको भुमिमा बिहानी सुर्योदयले अंगालो हाल्दै थियो । चराका चिरबिराटले धर्तिको मातृत्वसल्य गोन्जायमान भएको थियो । कतै कतै बादलका धर्साहरू पनि थिए । बर्षाको समय न हो ।

हामी बझाङ जिल्लाको चैनपुर सदरमुकाममा जाने अन्तिम तयारीमा जुटेका थियौँ । साथीहरु हुनुहुन्थयो जिम्मेबारी मेरै काँधमा थियो। हाम्रो तर्फबाट एकतर्फी युद्धबिराम थियो। सरकारको तर्फबाट युद्धबिरामको कुनै संकेत थिएन । तत्कालिन शाहीनेपाली सेना र प्रहरीले जहाँ भेटे त्यहि गोलि ठोक्थे। गिरफतार गर्थे यातन दिन्थे। यि सबै कुराको बेजानकार बिल्कुल थिएनौँ । सबै कुराको जानकारी हुदाहुदै पनि हामी बझाङ जिल्लाको सदरमुकाम चैनपुर गएर ज्ञापनपत्र बुझाउनु थियो।

सरकारलाई बार्ताको लागि दवाब पनि दिनु थियो। हामी सबै तयारी भयौँ। साथीहरु सर्मिला,बिनिता,पौरख बिक,किसोर,हंस हामी यति जनाको यात्रासुरू भयो। खडगराज सेजुवाल (बिस्वप्रकास) र हाम्रो सेल्टर फरक फरक ठाउमा रहेछ थाह थियन। को का छ भनेर एकै चोटि बिहान छुट्टिनि बेला भेट भयो संयोगबस भेटपनि त्यो दिनको लागि अन्तिम रहेछ। यस्तै यस्तै सोचेँ कालकोठरी र यातना शिबिरमा धेरै पटक सम्झेँ।

करिब १५ मिनेटको भेट र कुराकानीपछि छुट्टियौँ। मलाई ६०० रुपियाँ खर्च चलाउनु भनेर छोड्नु भएको थियो । पार्टीको जिम्मेवारीका कारण मन नहुदा नहुदै छुट्टियका थियौँ । नयाँ भुगोल,नयाँ जिम्मेबारी,नयाँ चुनौतिसंग मुकाबिला गर्न थियो। ठिङरिगं उभिएका चुनौतिका पहाड जस्तै भौगोलिक बिकटता पनि उतिकै थियो आफ्नो भन्नू कोहि थियन,केबल क्रान्तिकारी पार्टी र परिर्बतनको पक्षमा उभिएका जनता बाहेक केहि थिएन। त्यहि किसिमको चेतना जनताको लागि बलिदान दिनुपर्छ भन्ने प्रशिक्षण थियो। हामीले जसरी पनि एकीकृत जनप्रतिरोध अभियान सफल पार्न थियो।

ठाउँको पहिचान थिएन हाम्रो लागि नयाँ थियो त्यो ठाउँ सम्पतिको नाममा झोला बाहेक केहि थिएन। छिट्टै फर्किने भनेर झोला राखेर खाली हिडेका थियौँ । केबल एकसरो लुगा लगायर बिहानिको मौसम हल्का सिमसिम पानीसंगै चैनपुरको यात्रा तय गरेका थियौँ । अघि मात्र घाम लागेको मौसम बदलिएर सिमसिमे पानि परिरहेको थियो।

एकहोरो परिरहेको पानी जस्तै मेरा कल्पनाका बर्षा पनि एकोहोरिएका थिए। कल्पना र सपनाहरुका थान बोकि मन बेस्सरी उकालिएको थियो। कसरी अभियान सफल पार्ने भन्नेमा छलफल गर्दै बाटो लागियो। खाजा समेत खाएका थिएनौँ। सल्लाहअनुसार काम फत्ते बनाएर छिटो फर्केर खानेकुरा थियो। हिडदाहिडदै चैनपुर सदरमुकाममा पुगेको पनि पत्तै भएन ।

त्यो चैनपुर पुग्दाकाे क्षेण

हामी पुग्ने खबर पहिलै पुगिसकेको रहेछ। हल्लाखल्ला मच्चिसकेको रहेछ। करिब हामी चैनपुर पुगेको ३० मिनेटमा तत्कालिन शाहि नेपाली सेनाले घेरा हालिसकेछ। हामी पार्टीको काममा गएकाले जसरी पनि जिम्मेबारी पुरा गर्नपर्छ भन्ने ध्यान्नमा थियौँ। हामीलाइ अन्य कुनै हत्कन्डाको मतलब थिएन। तत्कालिन शाहि नेपाली सेनाले अपहरण शैलिमा हामीलाई खुलामन्चबाट गिरफतार गर्यो। फेरि भाग्ने ठाउँ पनि त कतै थियन। दिनभरिको भोको पेट साउनको गुम्सिने गर्मी वरिपरि तत्कालिन शाही नेपाली सेनाको घेरा बिकल्प केहि थिएन। गिरफतारी दिनुको अलाबा अरु केहि थिएन।

तत्कालिन शाहि नेपाली सेनाले हामी सबैलाई गिरफतार गरि हातमा हत्कडी लगाएर लियो। कस्तो हुन्छ हत्कडि लगाउदाको पल आँखामा पट्टि लगाउदाको त्यो क्षण सम्झिने हिक्मत पनि बटुल्न सकिरहेको छैन यतिबेला। दिनभरि एउटा खाल्डोमा राख्यो करिब बेलुकाको चार बजेको हुदो हो ब्यारेक भित्र लियो । दिनभरिको मानशिक यातना हेर्दा मर्ने बाच्ने कुनै ठेगान थिएन। अबत ज्यानको आसा पनि मरिसकेको थियो। मनमा नानाथरी कुरा खेल्न थालिसकेका थिए। त्यो परिबन्धबाट फुत्कीने कुनै सम्भावना थिएन।

हामीलाई लिनेबेला चैनपुरका मिडियाहरुले फोटो खिचेका थिए झिनो आसा त थियो। प्रचारप्रसार भयो भने मार्दैन यातना चैँ दिन्छ भन्नेमा बिश्वस्त थियौँ। हातमा हत्कडी आखाँमा पट्टी बाँध्यो लाग्यो भयानक कालगृह तिर अब सुरु भए मृत्युका अपजश्वी दिनहरु। हामीलाई लागिरहेको थियो। कतिबेला मार्छ भन्ने। मृत्यु कुरिरहेका थियौँ हामीले बिल्कुल मृत्यु कुरिरहेका थियौँ। तपाइलाइ थाह छ कल्पनाको मृत्यु कति भयानक हुन्छ ? त्यस्तै भयानक सोनामी बोकेर आइरहे जस्तै लाग्थ्यो मृत्यु पनि।

जब ब्यारेक नजिकै पुग्दा आखाँमा पट्टी झन कडा ढंगले बाध्न सुरु गर्यो लाग्यो मृत्युको पहिलो सिंढी चढीयो। त्यतिबेला मनमा अनगिन्ती छालका तरङ्गहरु तैरिएका थिए। मानौँ शान्त तलाउमा कसैले बडेमानको ढुंगा हान्यो। मन खुला संसारबाट अन्धकारमय संसारमा जादै थियो। युद्धले परिपक्व भएपनि केटाकेटी नै थिएँ। उमेरगत हिसाबले त्यति परिपक्वता छाएको थिएन। आमाको काखमा खेलि नअघाउने खाएर भोक नमेटिने दिन थिए थाहै थियन।

जीवन के हो भन्ने कुरा बुझन हरेक यातनाका दस्ताबेजहरुमा हस्ताक्षर गर्न पर्दो रहेछ। हो त्यस्तै लागिरहेको छ। बर्खामासको हिलोसंगै बङ्करमुनि राखेर जमिन भित्र आखामा पट्टी बाधेर जब बुट बजार्न थाल्यो शरिर धुजा धुजा भएको थियो। त्यो बेलाको संसार हाम्रो लागि भिन्न थियो। कस्ता हुन्छन कालकोठरीका दिनहरु अहिले सम्झना समेत सकिन्न। हामी हिरासतमा गएको ११ दिनपछि युद्धबिराम भंङ्ग भएछ। युद्धबिराम भंगहुनु भनेको हाम्रा लागि यातनको ढोका खुल्नु थियो। यसोत त्यो भन्दा अगाडि पनि कमको यातना भने थिएन । शरिर आफ्नो जस्तो लाग्न छोडिसकेको धेरै दिन भैसकेको थियो।

त्यसपछि सुरु भयो चरम हिटलरी यातना कतैबाट उज्यालो नछिर्ने अध्यारो बङ्करमा राखेको थियो। हामीले करिब गिरफतार हुने पक्कापक्की भैसकेपछि सबैले पहिलै सल्लाह गरेका थियौँ। कसैको आन्तरीक कुरा नखोलम अर्थात पोल नखोलमला एक अर्काको पोल कसैले नखोल्ने भन्ने सर्त थियो। आफु मरेपनि पार्टी बचाउनु पर्छ भन्ने नै हाम्रो प्रमुख उदेश्य थियो। दिनको ठिक १२ बजेको धुपमा आखामा पट्टी बाधेर दिनभरि बयान लिन सुरु गर्यो। बच्ने बिचार छ भने सबै भन नत्र मारिदिन्छौ भनेर छातिमा संगिन तेस्र्याउथे । जब बयान सुरु भयो तिमीहरू दसैका खशिबोका हौ एक एक गरि मारिन्छ भन्थे । आमा बुबा दाजुभाइ सम्झेर सै भन्नपर्छ भन्थे आखिर हत्यारा संगिनका अगाडि ठिङरिगं उभिएकी म एउटा महिला ले के नै गर्न सक्थे र उनिहरुका नक्चरा बोली सुन्नु र बुटले खानु बाहेक अरु बिकल्प थिएन ।

बाँच्नको लागि केबल बिचार र आस्था थियो । यतिबेला त्यो यातनाको बारेमा बोल्ने शब्द नै भेटाउदिन । चरम यातनका डामहरु र ती पिडाका घाउहरु अहिले पनि बल्झिरहन्छन । र पनि नझुक्ने प्रतिबद्धतामा थिएँ । त्यो दिनको यातनाले लाग्यो अब मर्नको बिकल्प छैन । बाच्ने आशा दिनको घाम जस्तै अस्ताई सकेको थियो । पहिलो दिनको यातना कम्मर भन्दा तल उठ्न नमिल्ने गरि पिटियो । मानबताको कुनै रंग नभएका मानवरुपी राच्चेशहरुको पिटाईले शरिर पुरै निदाईसकेको थियो । भोलिपल्ट बयान लियो मैले महिला संगठन नै बताए । यातनाका कारण उठ्न बस्न सक्ने अबस्थामा थिईन शरीर पुरै सुन्निएको थियो । आमा भनेनि नहुने दुख्यो भनेने नहुने अबस्थामा थिएँ । मृत्युको मुखमा छट्पटी गर्न बाहेक अरु उपाय थिएन । जमिन मुनि राखेको थियो ।

पालैपालो यातना दिन्थे राक्षसहरु जस्तै लाग्थ्यो यिनीहरुको घरमा छोरी बहिनि नै छैनन। साथीहरूको पीडा उस्तै थियो । यातना दिदा कराएको स्वर कानमा गुन्जीन्थ्यो । यातनाले निलाडाम शरिर कुनै निर्जीव बस्तु सरह भएको थियो। खाना खान त धेरै परको कुरा हो पानी माग्दा पिसाब खा भन्थे। पानी समेत दियनन लडाइँ न हो बाहिर कुनै ठाउमा भिडन्त भयो भने भित्र यातना सुरु हुन्थे । शरिरमा लगाएको लुगा पिटेर च्यातिसकेका थिए । छालाको रंग परिबर्तन भैसकेको थियो। दिशा पिसाब सबै एकै बङ्करमा हुन्थयो। हरदिन बाहिर भिडन्त हुन्थे त्यसको परिणाम हामीले भोग्नु पथ्र्याे । कति छन कता छन तर पाटिका साथि भनेर पाईपका लठ्ठी कति खाईन्थे पत्ता भएन । कहिले रातभरि आखामा पट्टी बाधेर जाग्राम राख्थे कतिखेर मार्छौ भनेर खाल्डो खनेर भित्र फालिदिन्थे शब्द पिच्छे पालैपालो गरि निर्मम यातना दिन्थे । गुफा जस्तो ठाउँमा यातनाले छट्पटीएका छ जनासंगै थियौ । जति कठोर यातना दिएपनि बयान भने बदलेनौ । अबत शरिर पनि आफ्नो जस्तो लाग्न छोडिसकेको थियो।

शरीर पनि रवरजस्तै भएको थियो । निदाई सकेको थियो । जति पिटेपनि दुख्न छोडिसकेको थियो तीन महिनाको सैनिक हिरासत त्यसरि नै बित्यो । सरिरको कपडा पनि धुजा धुजा भएर च्यात्तिएको थियो । ९० दिनको थुनुवा पुर्जी दियर कारागार पठायो कारागारमा गईसकेपछि केहि बाच्ने आसा पलाएको थियो । हामी धेरै टाढा थियोैँ ।आफन्त खोजेपनि नपाउने ठाउँ पिडादायीक कठोर जीवन थियोे । तरपनि कारागार पुग्दा केहिहद सजिलो महसुस भएको थियोे । हिरासतका पिडा ती यातना कारागार गएपछि मलम पट्टी भएको थियो । तीन महिना कारागारमा बिते तीन महिनापछि राति १२ बजेको समयमा तत्कालीन शाहिनेपालि सेनाको टोली आयर एक्काशी अन्जु बिस्ट अनि मलाई हामी दुई बहिनिलाई कारागार भन्दा बाहिर बोलायो । त्यतिबेला अब बेपत्ता पार्छ मर्नेबेला यहि रहेछ भन्ने लाग्यो बलिन्धारा आसुँसगै १२ बजे राति जेलबाट निकालिर पुन फेरि सैनिक हिरासतमा लग्यो । त्यसरी साथीहरु बेपत्ता बनाईरहेको थियो । सोचेँ पालो आएछ क्यारे ।

ब्यारेकमा पुगाईसकेपछि फेरि आखामा।पट्टी बाधेर राख्यो जाडोको समय थियो । रात छिप्पिदै गयो कतिबेला मार्छ भन्ने ठेगान पनि थिएन हातमा हत्कडि आखामा पट्टी बाधेर छुट्टाछुट्टै राख्यो को कता छ भन्ने थाहा भएन । त्यो दिन रातभरि चिसो चौरमा रातबित्यो बाच्ने आसा पहिलै मरिसकेको थियो । कतिबेला के गर्छन भन्ने पनि ठेगान थियन । बिहानको चारबजेतिर बयान लिन सुरु गर्यो हाम्रो पोल खोल्ने साथिहरु पनि त्यहि रहेछन । केहि साथीहरुले हाम्रो बारेमा एकएक बेलिबिस्तार लगाइदिएछन । आफु बच्नको लागि उनिहरुले सबै बेलिबिस्तार लगाएपनि त्यो संभावना थिएन । किनकी उनिहरुलाई पनि छाडने संभावना थिएन ।

आफनो लागि हामीलाई दुख दिन जान्ने हरुपनि त्यहि थिए । गद्धार साथीहरु भन्छु म अहिले पनि सलाम गर्न चाहन्छु उहाँहरुलाई उनिहरुका कारण हाम्रो बयान चेन्ज भयो।बिद्यार्थी भनेका थियौँ साथिको बिस्वासको कारण पुन हिरासतमा बयान सुरु भयो । कडा भन्दा कडा यातना सुरु भयो । ढाटेको भन्दै यातनको शिलशिला फेरि सुरु भयो । कहिले दिनभरि टनटलापुर घाममा राखेर तड्पाईन्थयो त कहिले रातभरि चिसोले सडायर राख्थे ।

ति दिनहरु सम्झदा पनि मन सिरिङ हुन्छ । पाच दिनको एकछाक बासीभात खान पनि कति अस्लिल शब्दहरु सुन्नु पर्ने हो भनि साध्य छैन । जमिनमुनि माटो भित्रको बङ्कर जहाँ बर्खाको पानी जमेर ताल बनेको थियो । जिबनका अथाह पिडा लुकाएर बसेका थियाँै दुई बहिनी दिनको तीन पटक बयान लिने गर्थे । शरीर काम नलाग्न भएको थियो । पैतला सुनियर हिड्न मिल्दैनथ्यो हातखुटा बाधेर दियको आखामा पट्टी बाधेर दियको यातना यति सहने रहेछ मान्छेको शरिर अच्चिमत हुन्छु । मर्न तयार थियौँ । छातिमा गोली हानेर मार्न बेला बेला आग्रह गरियो तर यातना दिएर मार्न भन्दा गोली हान भन्थ्यौँ सुन्दैनथे ।

पार्टीका लागि थियो पार्टीलाइ बचाउन बाहेक अरु केही थियन । अब यो भन्दा बढि बाचेर तिमिहरुलाई सडायर मार्छौ भनरे पेस्तोल छातिमा राखेर सोध्थे । मृत्युलाई पनि धिकारी सकेका थियौँ । शरिर छियाछिया भैसकेको थियो । शरीर आफ्नो जस्तो लाग्न छोडिसकेको थियो । शरिरका प्रत्येक अंग आफ्ना थियनन । चोट लाग्न पनि छोडिसकेको थियोे । दिन रात कस्ता थिए थाहा थियन । हामीसंगका केही साथि जेलमा थिए ।

हामी हिरासतमा थियौँ । ६० साल साउनको २३ गतेपछका दिनहरु यसरी बितेको थिए । सैनिक हिरासतमा अहिले फिल्मि कहानि जस्तो लाग्छ आखिर नाफाको जीवन न हो । अहिले सम्झन्छु हामीलाई चरम यातना दिने ति तत्कालीन शाही नेपाली सेनाका जवान अनि हाकीमहरु के गर्दै होलान । उनिहरुको जागिर र पद गणतन्त्रले कुन उचाईमा लिएको होला । हामीलाई निर्जिब बस्तु जस्तो ठान्ने तिनीहरुको मानवियता कहाँ पुग्यो होला ? त्यो यातना शिबिर जहाँ पशु जस्तै राख्ने गरेको त्यो ठाँउ कस्तो होला ? यसरी ल्याइएको गणतन्त्रको बिटमा उनिहरु के गर्दै होलान । यो पल सबैलाई सम्झीरहेको छु ।

वि सं २०३९ सालमा कालीकोटको पचालझरना गाउँपालिकाको राम्नाकोटमा जन्मिएकी अल्किना बम (बविता) हाल पचालझरना गाउँपालिका कालीकोटकी उपाध्यक्ष छन् । जनयुद्धको समयमा अत्यन्त कठिन परिस्थितिमा रहेरकी उनी जनयुद्धमा बझाङ जिल्लाको सैनिक हिरासतमा १८ महिना बिताएर पुन ४ वर्ष जेल जीवन बिताएकी थिइन् ।