
श्रावण ९ कालिकोट, देशै भरि नेपाली काँग्रेस पार्टीको महाधिबेशनको चहलपहल बढेको छ। कुनैपनि देशको बिकास त्यो देशको शासन प्रणालि र देशका नीति निर्माता हरु र देशलाई हाँक्ने जनप्रतिनिधिको हातमा रहन्छ।
मुख्य पार्टीका अधिबेशनले भोलिका नीति निर्माताको चयनको आधार तयार गर्द छ।नेता बिकास बादि हुनु पर्छ भन्ने मेरो सोचाई छ।नेता जनताको दुखमा साथदिने र निमुखालाई न्यायदिने काममा लागेको हुनुपर्छ भन्ने पनि मेरो मान्यता छ।
मेरो फोटाको आबरणमा देखियको भुगोल पुरानो ५ नम्बर ईलाका र हालको नरहरिनाथ गाँउपालिका कालिकोटको हो यसै बाट प्रस्ट केछbभन्दा यो ठाँउमा कत्तिको बिकास भएको छ भनेर पत्ता लगाउन कुनै मुस्किल पर्दैन समग्रमा कालिकोट पुरै अथवा कालिकोटका अधिकांश भु-भागहरु यस्तै यस्तै छन।यस जिल्ला बाट विभिन्न समय र अहिलेसम्म पनि यहाँका नेताले काम गर्ने अबसर भने नपाएको भने पक्कै होईनन्।
ब्यक्तिगत स्वार्थमा केन्द्रीकृत भएर जनतालाई बिर्सेने नेताहरु हामी कुनै पनि पार्टिले नचुनौ। नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीको अधिबेशन बाट गाउँ र ठाउँको बिकासमा चासो भएका आफ्ना उम्मेदवार चिनेर सहि र सक्षम नेतृत्व चयन गर्न सकौ यसैमा सबैको हित हुनेछ। लेखकःधुबबिक्रम शाही



karnalipress
९ श्रावण २०७८, शनिबार ०६:१४