रास्कोट सडक कालोपत्रे अधुरै

ललित विष्ट असार ६,कालिकोट । कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले तिन वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो । अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का संझौता पनि भयो । संझौताको एक वर्षमा दुईपटक सडकको शिलान्यासबाहेक केही काम भएको छैन । ठेकेदारले चार करोड ४० लाख लिएर गुमनाम भएका छन्।

शान्तिघाटदेखि बडीमालीकासम्मको उक्त सडक कालोपत्रे गर्नका लागि केएस शनीदेव जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७८ असार ३ गते ठेक्का संझौता गरेको थियो । ठेक्का संझौताको पहिलो वर्षको अवधिमा निर्माण कम्पनीले रास्कोट नगरपालिकाका तत्कालीन उपप्रमुख मिमसरा बम र तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट छुट्टाछुट्टै शिलान्यास गरेको थियो । ‘दुई–दुई पटक सडक शिलान्यास भएपनि अहिलेसम्म काम हुन सकेको छैन,’ स्थानीय टिकाराज उपाध्ययाले भने, ‘ठेक्का संझौताको दुई वर्षमा कुनै पनि काम भएको छैन । ’

सम्झौता झोलामा राखेर कोहलपुर बसेका ठेकेदारले फेरी र्फकेर नआएको स्थानीयको आरोप छ । रास्कोट नगरपालिकाका मेयर र्धकराज शाही पोषणका अनुसार आफुले सडक कालोपत्रेको लागि पटक पटक खवदारी गर्ने गरेको बताए । उनले भने ठेकेदारलाई धेरै पटक भनियो अहिले पनी काम सुरु गर्छुमात्र भन्ने गरेको बताए ।

चार करोड ४० लाख पेश्की
पूर्वाधार विकास कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि प्रगती मुलक काम नभएको बताए । ‘गत असारमा ठेक्का संझौता भएको थियो,त्यसको सात महिनापछि शिलान्यास गरियो,’ उनले भने, ‘शिलान्याससँगै ठेकेदार सम्पर्कविहीन भए ।’ त्यसपछि पनि दोस्रोपटक सडक शिलान्यास गरिएको आफूहरुले सुनेको बताए । इन्जिनियर पाण्डेका अनुसार निर्माण कम्पनीलाई कामसुरु गर्न पटक–पटक ताकेता गरिरहेको बताए ।

कर्णाली करिडोर (खुलालु–हिल्सा सडक) अन्तर्गत शान्तिघाट देखि रास्कोट नगरपालिकाको केन्द्रजाने उक्त १२ किलोमिटर सडक फाराकिलो बनाउन र कालोपत्रे गर्न चार वर्ष समय लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

३८ करोड ४९ लाख ५७ हजार ७ सय ७६ रुपैयाँको ठेक्कामा निर्माण कम्पनीले घटेर २५ करोड ५५ हजार ५१२ रुपैयाँमा संझौता गरेको थियो । इन्जिनियर पाण्डेका अनुसार पहिलो पटक निर्माण कम्पनीले सडक चौडा गर्ने काम सम्पन्न गर्नुपर्ने थियो । ‘अहिलेसम्म शिलान्यास गरेको ठाउँमा स्काभेटरले खन्ने,ग्याविन राख्नेबाहेक ठूलो काम भएको छैन,’ उनले भने, ‘सडक फराकिलो बनाउने, ग्याविन भर्ने, पक्की नाला निर्माण गर्नेलगायतका प्रारम्भिक काममात्र सुरु भएका छन ।

निर्माण व्यवसायी देवीदत्त भट्टले केही समयभित्रै काम धमाधम सुरु गर्ने बताए । केही प्रविधिक समस्याले निर्माण सामग्री र ठूला उपकरणहरु लिन समस्या भएकाले काम गर्न नसकेको बताए । उनले भने ‘तत्कालै निर्माण सामग्री,उपकरण र जनशक्ति पठाएर काम सुरु गर्छु ।’ भट्टले दुई वर्षसम्म काम सुरु हुन नसकेपनि बाँकी रहेको दुई वर्षमा निर्माण सम्पन्न गर्ने बताए ।

निर्माण व्यवसायी भट्टले काम सुरु नगरेरै सम्झौता अनुसार २० प्रतिसत रकम लगेर गुमनाम भएका हुन्। उनले दुई वर्षको अवधिमा केही प्रतीनिधि खटाएर सडको माटो फल्ने, ग्यवीन भर्ने,काम मात्र गरेका छन्। उनका कम्पनीका सामान पनी अलपत्र अवस्थमा छोडिएको छ । अहिले सडक जिर्ण अवस्थामा छ । उनले सडको कालोपत्रेमा समयमै ध्यान नदिदा स्थानीयलाई सास्ति खेप्नु गरेको छ ।