
भाद्र २४,काठमाडौँ : काठमाडौँको प्रमुख जिल्ला अधिकारी सीडीओ बन्नेमा दैलेखका गोविन्द रिजाल कर्णालीकै पहिलो व्यक्ति भएको पाइएको छ । भौगोलिक रुपमा गरीब, विकट र पछाडि परेको प्रदेश कर्णालीबाट रिजाल नेपालको राजधानी काठमाडौँको पहिलो सीडीओ बनेको पाइएको हो ।
२०२६ सालदेखि नेपालमा सीडीओलाई जिल्लाको प्रमुख कर्मचारीका रुपमा राख्न थालिएको हो । त्यसक्रममा अहिलेसम्म कर्णालीका कुनै पनि कर्मचारी काठमाडौँको सीडीओ बन्न सकेका थिएनन् । तर दैलेखका गोविन्द रिजाल पहिलोपटक सीडीओ बनेका पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले बताएका छन् ।
जाजरकोट घर भएका चलाउनेका अनुसार रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४६ औं सिडिओका रुपमा पदस्थापन भएका हुन् । पहिलेको मध्यपश्चिम र अहिलेको कर्णालीबाट काठमाडौँको सीडीओ हुने उनी पहिलो व्यक्ति रहेको पनि चलाउनेले फेसबुकमा खुलाएका छन् ।
सुदूरपश्चिमबाट पनि यसअघि २०५८ सालमा कीर्तिबहादुर चन्द ७ महिना मात्र पहिलो काठमाडौंको सिडियो भएका थिए । जिल्ला हेर्ने बडाहाकिमहरुलाई विस्थापित गरेर नेपालमा २०२६ सालदेखि प्रमुख जिल्ला अधिकारी सिडिओ राख्ने चलन सुरु भएकामा जिल्ला प्रशासन कार्यालयको ५२ वर्षे इतिहासमै मध्य तथा सुदूरपश्चिमबाट कसैले पनि यो जिम्मेवारी सम्हाल्ने अवसर नपाउनु भौगोलिक रुपमा विभेद गरिएको पनि चलाउनेको तर्क छ ।
कर्णाली प्रदेशवासी भएकोले काठमाडौँको सीडीओ बनेका गोविन्द रिजालको ऐतिहासिक जिम्मेवारीले आफूलाई खुशी दिलाएको भन्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । तत्कालिन जनयुद्धदेखि नै युद्ध पत्रकारिता गरेका चलाउने कर्णालीका अग्रणी स्थापित पत्रकार हुन् ।



karnalipress
२४ भाद्र २०७८, बिहीबार १२:००