एमालेको लोगो फेरियो

असोज १८,काठमाडौं।  नेकपा एमालेले लोगो परिवर्तन गरेको छ।  यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो ।माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो ।

साथै एमालेले एक अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने भएको छ पोलिटब्युरो रहने छैन भने ४५ सदस्यीय पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।