‘ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड’कालिकोटका धिताललाई

ललित विष्ट माघ २३,कालिकोट ।
यस वर्षको ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड कालिकोटका तिलक धिताललले प्राप्त गरेका छन्। मेरो शिक्षा नामक डिजिटल लर्निङ प्लेटफर्मका प्रमुख वित्तीय अधिकृत समेत रहेका तिलक धितालले ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड’ नेपाल प्राप्त गरेका हुन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनीसहित मास्टर साबका संस्थापक एवं सीईओ नभिन तिमिल्सिना रनर अफ भएका छन् भने ड्लुपलोडका संस्थापक अर्जुन घिमिरेले फस्ट रनर अपको उपाधि हात पारेकाछन् ।विजेता धितालले दुई लाख,रनर अप तिमिल्सिनाले ५० हजार र फस्ट रनर अप घिमिरेले २५ हजार रुपैयाँँ पुरस्कार प्राप्त गरेका हुन् ।

कालिकोटको शुभकालिका गाउँपलिकाको भर्तामा बुवा भरतराज धिताल र आमा रत्ना धितालका माईला छोरा तिलक धितालले लेखा तथा वित्तीय प्रशासन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्।

फाइनलका लागि निर्णायकको प्यानलमा उद्यमी संगठनका वर्तमान अध्यक्ष आयूष नेपाल,कालाप आर्किटेक्ट्स प्रालिकी प्रिन्सिपल एवम् सीईओ यज्मा राजभण्डारी, नेपालका लागि स्विडेनका मानार्थ महावाणिज्य दूत तथा श्रीनगर एग्रो ग्रुपकी कार्यकारी निर्देशक मौसमी श्रेष्ठ रहेका थिए ।

कार्यक्रमले नेपालभरबाट १४ असाधारण विद्यार्थी उद्यमीलाई एकै ठाउँमा ल्याउनुको साथै उत्कृष्ट ६ विद्यार्थीलाई कडा प्रतिस्पर्धापछि फाइनलमा पु¥याएको छ । नेपालको ब्यापारको भविष्यको प्रतिनिधित्व गर्ने शीर्ष ६ फाइनलिस्टमा अञ्जना मल्ल धिताल, प्रलिशा अधिकारी, विवेक, तिमिल्सिना र घिमिरे छन्। राष्ट्रिय विजेताहरू क्षेत्रीय फाइनलका लागि भारत पुग्ने छन्।

विश्वस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसरका लागि उनीहरूले उक्त प्रतियोगितामा भाग लिन पाउने आयोजक संस्था उद्यमी संगठनका सभापति तरुणप्रताप शाहले बताए । अन्तिम प्रतिस्पर्धाका विजेताले ५० हजार डलर पुरस्कार प्राप्त गर्ने छन्।

नेपालबाट छनोट भइसकेको र इन्टरनेश्नल अवार्ड जितको लागि टिम तयारीमा लागिरहेको धितालको भनाई छ । विद्यार्थिलाई उद्यमसिलता र नविनतासंग जोड्न यो अवार्डको धेरै महत्व रहने उनको भनाई छ । यो इन्टरनेश्नल अवार्डबाट देशलाई समेत चिनाउन आफु र आफ्नो टिमले अथक प्रयास गरिरहेको उनको भनाई छ ।