धान भित्र्याउने समयमा नोक्सानी

कार्तिक१,कालिकोट लगातारको वर्षाले गर्दा बालीनालीमा क्षेति पुर्याएको छ । दसैँको चटारो सकेर बालीनाली भित्र्याउने सोचमा रहेका कालिकोटका किसान आइतबारबाट लगातार पानी परेपछि चिन्तित भएका हुन्।

लगातारको वर्षातले खेतमा काटेको धानसमेत खेतमै रहेको रास्कोट नगरपालिका वडानं.४ निवासी र्सिजना संज्याले गुनासो गदै भनिन् , ‘वर्ष भरी खानाकोलागि खेतमा लगाएर बाली भित्र्याउने समयमा काटेर सुकाउन रार्खेको धान वर्षाका कारणले कुहिने भयो, काटेर सुकाउन रार्खेको धान नष्ट भएको देख्दा मन भक्कानिएर आउँछ, गरिबलाई समयले पनि झन् गरिब बनाइरहेको छ ।’

यस्तै नरहरीनाथ गाउँपालिक वडानं.९ निवासी पदम रावलको पनि यस्तै गुनासो छ। गरिब किसानहरूको पीडा प्रकृतिले पनि ठक्दो रहेछ। उनले भने, ‘३–४ महिना दुख गरेर लगाएको बाली भित्र्याउने समयमा लगातार वर्षाका कारणले क्षेति पुर्याउँदा कसको मन रुन्न होला ’

यो समयमा कालिकोटका सबै जस्तो स्थानीय तहमा धान काट्ने चटारो छ ।  लगातार वर्षात भएपछि किसानले लगाएको खेती खेतमै कुहिने भएपछी किसानहरू चिन्तीत  छन् ।