
कालीकोट। “अक्टोबर समाजवादी क्रान्ति जिन्दावाद,देशघाती एमसीसी सम्भौता विरुद्धको ससक्त आन्दोलन नेपाल मजदुर किसाना पार्टी कालीकोटको १० औं जिल्ला सम्मेलन ।” भन्ने मुलनाराका साथ नेपाल मजदुर किसाना पार्टी कालीकोटको १० औं जिल्ला सम्मेलन उद्घाटन भएको छ ।
शुक्रवार नेपाल मजदुर किसाना पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाल,केन्द्रय सदस्य तथा संविधान सभा सदस्य अनुराधा थापागमर,प्रकाश गुरुङ, केन्दीय सदस्य नन्द्रबहादुर शाही,नेता धन्नजय अधिकारी लगाएतका केन्दीय नेता तथा जिल्लाका नेताहरुको सहभागितामा १० औं जिल्ला सम्मेलनको उद्घाटन गरीएको हो।
कार्यक्रमा बोल्दै केन्द्रीय समिति सचिव तथा सांसद प्रेम सुवाले देश घाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने बताउनु भएको छ।
एमसीसी सम्झौतामार्फत अमेरिकाले दक्षिण एसियामा युद्धको व्यापार गर्न खोजेको बताउदै सरकार गठनको कार्यमा हस्तक्षेप गर्दै अदालतले व्यक्ति विशेषलाई प्रधानमन्त्री नियुक्ति गर्नु गलत भएको उहाँको तर्क थियो । उहाँले कर्णाली राजर्माग बिगारे जस्तै गरी कर्णालीमा राजनीतिक उथलपुथलको पछाडि देउवा र प्रचन्डको चलखेल रहेको बताउनुभयो।
यस्तै कार्यक्रमा बोल्दै केन्दीय समिति सदस्य तथा संविधान सभा सदस्य अनुराधा थापागमरले वैदेशिक ऋण सहायताले देशलाई विकास गर्नुको साटो ऋणमा डुबाउने गरेको उहाँको भनाइ थियो । एमसीसीले देशलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने बताउँदै अतिथि थापागमरले नेपालका ठूला शासक पार्टीहरूले विदेशीको दलाल भएर काम गरिरहेको स्पष्ट पार्नुभयो।नेपाल मजदुर किसाना पार्टी कालीकोटको १० औं जिल्ला सम्मेलनको घोषण सभा आज हुने छ।




karnalipress
२७ कार्तिक २०७८, शनिबार ०७:५८