
कालीकाेट। जिल्लाकाे पलाँता गाउँपालिकामा नेपाली कांग्रेस,एमाले,राप्रपागरि विभिन्न पार्टीबाट ३७ घरधुरीका ६० कार्यक्रता माओवादी केन्द्रमा प्रबेश गरेका छन्।
आज नेकपा माओवादी केन्द्रको वडानं.८ को प्रथम वडा सम्मेलन उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका ६० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रमा प्रवेश गरेका बसैलाई गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा र उपाध्यक्ष दाना न्याैपानेले स्वागत गर्नुभएको थियो।कार्यक्रममा वडा अध्यक्ष, माओवादी केन्द्रका कार्यक्रताहरुकाे सहभागीता रहेको थियो।




karnalipress
२७ कार्तिक २०७८, शनिबार २२:००