सुनथराली विमानस्थल सरोकार समाजद्वारा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न सुनथराली विमानस्थल सरोकार समाजले पर्यटन मन्त्री प्रेम आलेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

बुधार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर समाजले ध्यानाकर्षण पत्र बुझाएको समाजका सदस्य जगत बिष्टले  जानकारी दिए । बिष्टका अनुसार समाजका संयोजक धनराज वास्तविकको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले मन्त्री आलेलाई विमानस्थलको स्थलगत निरिक्षण गर्न, कामको प्रगतिका बारेमा बुझ्न, तत्काल विमानस्थललाई नियमित उडान भर्ने गरि निर्माणको काम अघि बढाउन र सम्बन्धित पक्षलाई निर्देशन दिन अनुरोध गरेको छ।