कालिकोटमा थपिए मतदाता

१५पुस,कालिकोट  ।जिल्ला निर्वाचन कार्यालय कालीकोटले जिल्ला सदरमुकामको वाहेक अन्य स्थानीय तहका केन्द्रमा गएर गरेको मतदाता संकलनमा दई हजार वढि नयाँ मतदाता थपिएका छन । पहिलो चरण मंसिर १७ गतेवाट २६ गते सम्म र दोस्रो चरणमा मंसिर २९ गते देखि पौस ९ गते सम्म गरिएको फोटो सहितको मतदाता नामवली संकलनमा दुई हजार ५७८ जना थपिएका छन ।
जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनवहादुर मल्लका अनुसार दुई चरणको अभियानमा एक हजार ५६१ जना महिला र एक हजार १७ जना पुरुष गरी जम्मा दुई हजार ५७८ जना मतदाता थपिएका छन । अव जिल्लामा ८० हजार ५७८ जना मतदाता भएका छन । प्रदेश र प्रतिनिधि सभाको चुनाव यता १३ हजार ३९ जना थप भए ।
२०७४ को चुनावमा जम्मा ६४ हजार ९६१ मतदाता थिए । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा आएर नाम थप गरेका गरी जम्मा ७८ हजार वढी भएका थिए । अव भने ८० हजार ५७८ जना जिल्ला भर मतदाता भएका छन । निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दैनिक नाम दर्ता भईरहेकाले अझै वढ्ने जनाएका छ ।

स्थानीय तहको तथ्यांक