
२७ माघ,कालिकोट। पचालझरना गाउँपालिका वडान—३ मा भिरबाट खसेको ढुङगा लागेर एक जना पुरुषको मृत्यु भएको छ । पचालझरना गाउँपालिका सुचना प्रविधि प्रमुख प्रकाश कठायतका अनुसार पचालझरना गाउँपालिका ३ भंकर निवासि रनजित बस्नेतका छोरा २९ बर्षका ईन्द्र बस्नेतको भिरबाट खसेर मृत्यु भएको हो ।
बुधबार बिहान ११ बजे भेडा चराउन वनमा गएका बेला भिरबाट खसेको ढुङगा लागेर मृत्यु भएको थियो । भिरबाट झण्डै ५ सय मिटर तल खसी उनको मृत्यु भएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।



karnalipress
२७ माघ २०७८, बिहीबार ०८:५४