बैशाख ११,कालिकोट । नेकपा एमाले कालिकोटका उपाध्यक्ष दयाराम सिम्खडाले राष्कोट नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै सिम्खडाले सुरुमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यलयले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु गरे पछी आईतबार एमालेको तर्फबाट दयाराम सिम्खडाले प्रमुख र केही वडा अध्यक्षको उम्मेदवारी पनि एमालेले गराएको छ। २०७४ को चुनावमा सिम्खडा नेकपा एमाले बाट रास्कोट नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा विजयी भएका थिए ।
karnalipress
११ बैशाख २०७९, आईतवार २०:२९