धर्तिमा टेक्न नपाउदै खुट्टा काटियो

नौरते नेपाली, मंसिर १४ जुम्ला जुम्ला कनकासुन्दरी ५ लुड्कु निवासि रमिला धमला (खत्रीका) दुई महिने नाबालक युवन खत्रीको धर्तिमा टेक्न नपाउँदै खुट्टा काटिएको छ । यो धर्तिमा पाईला टेक्न नपाउँदै खुट्टाले साथ छोडेको छ ।

घटना सुन्दा पनि छाँगाबाट खसेको जस्तो हुन्छ मन । मंगलबारका दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाबालक युवनको बाँया खुट्टा काटिएको छ । आगोले जलेर पुरै खुट्टा काम नलाग्ने भएकाले उनको खुट्टा काटिएको हो ।

युवनको दाँया र बाँया दुवै खुट्टा जलेको थिए । दाँया खुट्टाका नसा अलिअलि चलेको हुनाले त्यो खुट्टा काटिएको छैन् । मंसिर ११ गतेका दिन घरको चुलो नजिकै नाबालक सुताईको कपडाबाट लागेको आगोलो युवनको धर्तिमा टेक्ने सपान तुषारापात भएको छ । खुट्टा काट्नको लागि आमा रमिलासँग आर्थिक नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले निःशुल्क उपचार गरेको छ ।

मंसिर ११ गते भर्ना गरिएका दुई महिनाका युवानको मंगलबारका दिन बायाँ खुट्टा काटिएकाले प्रतिषठानले जनाएको छ । प्रतिष्ठान सम्म ल्याउनको लागि पनि आर्थिक नहुँदा आफन्तले गाडिमा ल्याएर अस्पतालसम्म छोडेका रमिलाले बातइन । साथमा श्रीमान नभएकि रिमलाको आर्थिक अवस्था एकमदै कमजोर छ । गाउँमा अरुको जमिन रिमालाले अधियामा कमाउछिन् ।

दुई सन्तानकि आमा रमिलाको आँखामा आँसुको मुल छुटि रहेको छ । सुत्केरि भएको दुई महिनामै छोराको आगोमा परि खुट्टा काट्नु पर्दाको पिडाले उहाँको मन जलन भएको छ । ६ महिना देखि श्रीमान कृष्ण खत्री सम्पर्क विहिन रहेको उनको भनाइ छ ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उनलाई अस्पतालमा खान र बस्न पनि समस्या भएको छ । नाबालक छोराको उपचार गर्न आएको पहिलो दिन उहाँलाई प्रतिष्ठाकै डाक्टरले खाना खुवाए भने त्यसपछिको खाना कर्णाली स्पोर्ट क्लबले खुवाइ रहेको छ ।

मंसिर ११ गते चुलो नजिकै सुताएको अवस्थामा नाबालक छोरो राखेको छ्यार्नाेबाट (बच्चा सुताउन राखिएको भाँडो)बाट सल्केको आगोले दुवै खुट्टा जलेका छन् । दायाँ खुट्टाको नसाले अलिअलि काम गरेको हुनाले हालका लागि काटिएको छैन । तर, डाक्टरले दुवै खुट्टा काट्नु पर्छ भनेको रमिलाले बताइन । उनका अनुसार आर्थिक नभएकाले छोराको स्याहार सुसार गर्न भोलिका दिनमा नसक्ने भन्दै नाबालक छोरालाई घर लिन लागेकि थिइन ।

प्रतिष्ठानले विना रकममा उपचार गरिदिने भनेपछि खुट्टा काटनको लागि छोरालाई प्रतिष्ठानमा राखेकी छन् । अहिले रमिलासँग भात खाने पनि रकम छैन । भोलिका दिनमा खुट्टा काटि सकेपछि कसरी छोराको पालन पोषण गर्ने चिन्ता उनलाई छ ।

घरमा बुढी सासु, रमिलाका ३ वर्षका जेठो छोरा, दुई महिनाको खुट्टा काटिएको नाबालक सहित चार जनाको परिवार छ । सबै परिवारको पालन पोषण गर्ने सबै जिम्मा रिमालाले धानेकि छन् । छोरा सानो हुँदा जसो तसो सुखदुख गरी पालन पोषण गरे पनि भविष्यमा दुःख हुने उनको भनाइ छ ।

कमाई खाने जमिन समेत नभएको बताउदै उन भनिन खुट्टा नभएको नाबालकको स्याहार सुसार कसरी गर्ने । छोरा बाचे पनि भोलिका दिनमा कसरी पाल्ने चिन्ता उनाँलाई छ । छोरा बाच्नु भन्दा आफ्ना लागि मर्दा सजिलो हुने उनले बताइन ।

नाबालक छोराको लागि सहयोग गर्न चाहने ईच्छुक व्यक्तिसँग रमिलाले सहयोगको आशा गरेकि छन् । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई उनले कर्णाली स्पोर्ट क्लबको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाता नम्बर ४०३०००६४७५०१ मा जम्मा गरिदिन अनुरोध गरेकि छन् । छोरा अपाङ्ग हुने चिन्ताले रमिलालाई खाएको खान पनि पचेको छैन्