भिरबाट खसेको ढुङगा लागेर २ जना घाईते

साउन ४,कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडा (९ थोल्म देखि गाँखेत जोड्ने फुग्गाड खोलामा काठको पुल निर्माण गर्ने क्रममा भिरबाट खसेको ढुङगा लागेर २ जना घाईते भएका छन्।

घाईते हुनेमा रास्कोट नगरपालिका वडा(९ थोल्म वस्ने वर्ष ४५ का धनमल तिरूवा सोही वडा फुकुमा वस्ने वर्ष ३४ का गंग वोगटि रहेका छन्।

घाईतेलाई स्थानीय युवाहरूको सहयोग र रास्कोट नगरपालिकाको समन्वयमा एम्बुलेन्स मार्फत उद्वार गरि रास्कोट अस्पतालमा उपचारका लागि लगिएको छ । बर्षातका कारण भिरबाट ढुङगा खसेको स्थानियले बताएका छन् ।