
श्रावण १४, काठमाण्डाै। सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाण्डौ आएका छन् ।चिनी मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाण्डौ आउनुपरेको उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।
गएको पुसमा उखु किसानले काठमाण्डौमा आन्दोलन गरेपछि चिनी मिलले केही रकम मात्रै भुक्तानी गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच ४ बुँदे सहमति भएको थियो । त्यसअघि २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौता भएको थियो ।
माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भए पनि सबै रकम भुक्तानी हुन नसकेको उखु किसानको गुनासो छ ।यसअघि काठमाण्डौ आउँदा विपक्षीमा रहेको कांग्रेसले माग पूरा गर्ने आश्वासन दिएको र अहिले कांग्रेस नेतृत्वमै सरकार बनेकाले ध्यानाकर्षणको लागि काठमाण्डौ आएको मिश्रले बताउनुभयो ।



karnalipress
१४ श्रावण २०७८, बिहीबार ०९:३६