
ललित बिष्ट कालिकोट,१३ जेठ । जिल्लाकाे पचालझरना गाउपालिकाले सबै गाउपालिकाबासीकाे निशुल्क स्वस्थ्य बिमा गर्ने निर्णय गरेकाे छ । नबनिर्बाचित गाउपालिका अध्यक्ष देबराज शाही (अग्नि)ले पदभार ग्रहण गर्दै आफ्नाे पहिलाे निर्णय सबै गाउपालिकाबासीकाे निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका हुन् ।
गाउपालिका अध्यक्ष शाहीले स्वास्थ्य सेवामा नागरिककाे सहज पहुँच र उपचारमा सहयाेग पुग्ने हेतुले सबै नागरिककाे निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेकाे बताए । उनले भने, पचालझरनाकाे समग्र विकास र समृद्वि आफ्नाे पहिलाे प्राथमिक्ता हुनेछ ।
हामी जनताकाे जनमतकाे सम्मान हुने गरि पचालझरनाबासी हितमा काम गर्छाैँ । नागरिकका आबश्यकता र चाहना अनुसार विकासले गति लिनेछ । गाउमा सिंहदरबार आएकाे महसुस गराउछाैँ । उनले पचालझरनाकाे विकास र समृद्विकाे लागि जनताकाे सपना पूरा गर्न सबैकाे साथ, सहयाेग लिएर पूरा गर्ने बताए ।
पचालझरना गाउपालिकाले बृद्वाश्रम संचालन गर्ने पनि निर्णय गरेकाे छ । गाउपालिकाबासी जेष्ठ नागरिकहरुकाे सम्मान र संरक्षणका लागि बृद्वाश्रम संचालन गर्ने निर्णय गरिएकाे गाउपालिका अध्यक्ष शाहीले बताए । उनले भने, जेष्ठ नागरिक अनुभवका खानी हुन् । उनीहरुकाे अनुभवलाई सरकारले सदुपयाेग गर्नेछ ।



karnalipress
१३ जेष्ठ २०७९, शुक्रबार १९:००