बालबालिकाको क्षेत्रमा रिपोर्टिङका लागि पत्रकारहरुलाई तालिम

जेठ २४,कालिकोट। बालवालिकाको अधिकार तथा रिपोर्टिङका लागि पत्रकारहरुलाई दुई दिने तालिम मान्ममा सुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपालको सहजिकरणमा अभिमुखीकरण सुरु भएको हो ।

जिल्लामा कार्यरत सञ्चारकर्मी तथा मिडियाकर्मीहरुलाई तालिम दिइएको छ । बाल अधिकार, बाल संरक्षण, वकालत पैरवी र रिपोर्टिङ सम्बन्धि पत्रकारहरुका लागि दुई दिने अभिमुखीकरणमा १३ जना पत्रकारहरु उपस्थित रहेका छन् ।

बालबालिकाहरुको विभिन्न अधिकार तथा बालबालिकाको क्षेत्रमा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा र समुदायले बालबालिकालाई गर्ने व्यवहार र पत्रकारले खेल्ने भुमिकाका विषयमा पत्रकारहरुलाई अभिमुखीकरण दिइएको हो ।दुई दिने तालिममा इन्सेक प्रतिनिधि तथा पत्रकार कालीबहादुर मल्लले कार्यक्रमको प्रशिक्षण गर्ने भएका छन् ।

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) का अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगीले विबिगत लामो समयदेखि सादा नेपालले बालबालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुले पनि विशेष गरि बाल अधिकार, बाल संरक्षण, वकालत पैरवीका क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

सञ्चारकर्मी तथा मिडियाकर्मीहरुले बालबालिकाको क्षेत्रमा काम गर्दै तथा रिपोर्टिङ गर्दै आएको अवगत गराउँदै अझै सक्रिय भएर लाग्नसमेत आग्रह गरे ।

दुई दिने तालिममा प्रशिक्षण कालिबहादुर मल्लले बाल अधिकार र बाल संरक्षणसम्बन्धि रिपोर्टिङ, आचारसंहिता, बालविवाह न्यूनिकरण रणनीति, बालहिंसा, दुव्र्यवहार अन्त्यका लागि कानूनी व्यवस्था, पत्रकार आचारसंहिताका विषयमा १३ जना पत्रकारहरुलाई अभिमुखीकरण दिने छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले सादा नेपालले बालबालिकाको क्षेत्रमा काम गर्दै र पत्रकारहरुलाई विभिन्न तालिम दिँदै आएकाले आभार व्यक्त गर्दै महत्वपूर्ण तालिममा पत्रकारहरुले नतमस्तक भएर सिक्न अनुरोध गरे ।